
काठमाडौं / चर्चित लाेक गायक तथा प्रस्तोता राजेश बर्देवा लायन्स क्लव द्वारा सम्मानित भएका छन ।
दृश्य होटल कलंकी काठमाडौंमा आयोजित जोइन्ट इन्डक्सन एन्ड इन्स्टलेसन कार्यक्रमको मुल समारोहमा वर्दैवालाई सम्मान गरिएको हो ।
नेपाली लोक तथ पप आधुनिक संगीतमा कृयाशिल एवम् राम्रो प्रतिभाको रूपमा उनलाई क्लव अन्तरास्ट्रीय 325 का डिस्ट्रक्टक गभर्नर बिनोद ढुङानाले उनलाई सम्मान गरिएको हो ।
लायन्स क्लव अफ काठमाडौं लायन्स क्लव अफ काठमाडौं जुपिटर लायन्स क्लव अफ धादिङ भैरवि र लायन्स क्लव अफ ग्रीन पिस द्वारा सयुक्त रूपमा कार्यक्रम आयोजना गरिएको थियो ।
करिव ३०० लायन्स सहभागि कार्यक्रममा सांगितिक प्रस्तुती द्वारा बर्देवाले मनोरन्जन प्रदान गरेका थिए ।










