आमाकाे स्मृतीमा निलिमा पुनकाे तीजगीत सार्वजानीक

-


     हिडन खबर    
     श्रावण २७ गते २०८१ मा प्रकाशित


केपि कुमार जलन

कास्की / हाम्रो समाज बिकृति विसङ्गति भित्र रुमालिदै गर्दा आज हाम्रो समाज धेरै पछाडि परेको छ । एकातिर विदेशी देखासिकीले गर्दा समाज संस्कृति रीतिरिवाज हराउँदै गएको समयमा हिन्दूहरूको महान चाड हरितालिका तीजको अवसरमा बास्ताविक यथार्थ बोकेको अामाकाे तिजगित बजारमा सार्वजानीक भएकाे छ ।

पछिल्लाे समय तिजगितका नाममा भित्रिएकाे छाडापन र संस्कृति माथि भएकाे प्रहार लाई चुनाैति दिदी गायिका पुनले आमा प्रति समर्पित तिज गित बजारमा ल्याउनु भएकाे हाे ।

अामाकाे स्मृतीमा तयार पारीएकाे गितमा गायिका निलिमा पुनकाे आवाज रहेकाे छ भने शब्द संगित पञ्चकली पुनकाे रहेकाे छ ,भिडियाे निलिमा पुन अफिसियल युुटुब च्यानलबाट सार्वजानीक गरिएकाे छ । बिगतमा पनि गायिका पुनका आउ मेरा संगी हाे, फर्क फर्क है छरिएका जहान,वर्षा दिनकाे तिजपनि,इतिहासकाे पानामा,गाउँ गाँउमा अधिकार लगायतका तिजगित बजारमा सार्वजानीक भईसकेका छन ।