शर्मिला गुरूङ्ग र कमला पाेख्रेलकाे बाबाकाे आँगनीमा तीजको गीत सार्वजानीक

-


     हिडन खबर    
     श्रावण २६ गते २०८१ मा प्रकाशित


केपि कुमार जनल

कास्की /यत्रातत्रा तीजका गीतले पुरै सांगितिक बजार हल्लायकाे छ । तीजका गीत धमाधम बजारमा आइरहेका छन स्टुडियाेमा रेकर्ड गर्न भ्याई नभ्याई भइरहेको छ गायक गायिका लाई निकै हतार छ ।

दर्शकलाई कस्ता आए तीजका गीत भनेर खुल्दुली छ तर तीज गीतका नाममा छाडा भड्किला गितहरू कता कता सार्बजानिक भएका छन  । त कति गितले तिजकाे सन्देश झल्किने गित बजारमा सार्बजानीक गरेका छन ।

यसै क्रममा गायिका कमला पाेख्रेलकाे “बाबाकाे आँगनीमा ” तीजगीत बजारमा आएकाे छ ।  जुन गीतले याे बर्ष आम दर्शककाे मन भने पक्कै जित्ने देखिन्छ  ।

गायिका कमला पाेख्रेल र शर्मिला गुरूङ्गकाे आवाजमा रहेको तीज गितले दाजुभाई,दिदिबहिनी र माईती घरकाे अागनीकाे सम्वन्धलाई मार्मिक शैलिमा चित्रण गरिएकाे छ ।
बरिष्ठ गायिका शर्मिला गुरूङकाे शब्द संगितमा रहेकाे भिडियाेमा निर्देशक स्मृती तिमिल्सिना “गुरूआमा” ले डब्यु गरेकी छिन , गुरू आमाकाे निर्देशन,राजेश घिमिरेकाे छाँयाङकन र नवीन घर्ती मगरकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे  कमला पाेख्रेल अफिसियल युट्यु च्यानलमार्फत सार्वजनिक भएको छ ।