सुनिता नेपाली र अनिता पन्तकाे “माईतीकाे आँगनी ” तिजगित सार्वजानीक

-


     हिडन खबर    
     श्रावण २६ गते २०८१ मा प्रकाशित


केपि कुमार जनल

यत्रातत्र तीजका गीतले पुरै सांगितिक बजार हल्लायकाे छ । तीजका गीत धमाधम बजारमा आई रहेका छन स्टुडियाेमा भ्याई नभ्याई छ गायक गायिका लाई निकै हतार छ ।

दर्शकलाई कस्ता आए तीजका गीत भनेर खुल्दुली छ तर तीज गीतका नाममा छाडा भड्किला गितहरू कता कता सार्बजानिक भएका छन  ।

कति गीतले तिजकाे सन्देश झल्किने गित बजारमा सार्बजानीक गरेका छन ।

यसै क्रममा गायिका कमला पाेख्रेलकाे “माईतीकाे आँगनीमा ” तिजगित बजारमा आएको छ ।  जुन गीतले याे बर्ष आम दर्शककाे मन भने पक्कै जित्ने देखिन्छ  । गायिका अनिता पन्त,सुनिता नेपाली, रविना गुरूङ,रतिमाया खड्का,सीता थापा,सुनिता गिरीकाे आवाजमा रहेको तीज गितले दाजुभाई,दिदिबहिनी र माईती घरकाे अागनीकाे सम्वन्धलाई मार्मिक शैलिमा चित्रण गरिएकाे छ ।
गायिका रतिमया खडकाकाे शब्द अनिता पन्तकाे संगितमा रहेकाे भिडियाेमा राजकुमार अधिकारी र थममाया घर्ती मगरकाे मुख्य भुमिका रहेकाे छ ।

गणेश सापकाेटाकाे निर्देशन छाँयाङकन र सुवास अमगाईकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे सुवास अमगाई अफिसियल युट्यु च्यानलमार्फत सार्वजनिक भएको छ ।