क्यानडामा क्रिकेट खेलाडी राेहित पाैडेल र दिपेन्द्र ऐरि

-


     हिडन खबर    
     श्रावण २५ गते २०८१ मा प्रकाशित


क्यानडामा रहेका क्रिकेट प्रेमी र नेपाली समुदायले चर्चित क्रिकेटर रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी संग मीट एंड ग्रीट
कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनए क्यानडा ,नेपलीज क्यानेडियन क्रिकेट क्लब , नेप्लिनज लन्डन क्रिकेट क्लब र एनआरएनए क्यानडाले संयुक्त आयोजनामा कार्यक्रम आयोजना भएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा भारत यु -१९ का २०१२ का कप्तान उन्मुक्त चंद रहेका थिए।

नेपाली राष्ट्रिय टोलीका प्रमुख खेलाडी रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले क्यानडामा रहेका नेपालीहरुको न्यानो स्वागत र सहयोगप्रति आभार व्यक्त गरेका छन् ।

कार्यक्रममा उन्मुक्त चंदले नेपालमा क्रिकेटको बृद्धि भएको बताए । उनले युवा प्रतिभाको पालनपोषण र नेपाल र विश्व क्रिकेट समुदायबीचको सम्बन्धलाई मजबुत बनाउनु पर्नेमा जोड दिए र यस कार्यक्रममा नेपाली सामुदायबाट एकदमै ख़ुशी भएको बताए।

यो कार्यक्रमले क्यानडामा रहेका नेपालीहरू बीचको जीवन्त क्रिकेट भावना र एकताको प्रमाणको रूपमा काम गर्यो। कार्यक्रममा सहभागी सबैका लागि अविस्मरणीय अनुभव बनाउनु भएकोमा आयोजकले सबै सहभागी र प्रायोजकहरूप्रति कृतज्ञता व्यक्त गरे। यस भेटघाटको सफलतासँगै नेपाली क्यानडा क्रिकेट क्लब, नेपाली लन्डन क्रिकेट क्लब र एनआरएनए क्यानडाले क्रिकेट र सांस्कृतिक आदानप्रदानलाई विश्वव्यापी मञ्चमा प्रवर्द्धन गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने” एनआरएनए क्यानडाका उपाध्यक्ष साथै कार्यक्रमका सभापति किरोज श्रेष्ठले भने।

कार्यक्रममा नेपलीज क्यानेडियन क्रिकेट क्लबका अध्यक्ष अमृत थापा, नेप्लिनज लन्डन क्रिकेट क्लबका प्रतिनिधि शिव डल्लाकोटि ,ब्राम्पटन शहर काउन्सिलर रड पावर
र बिभिन्न उपस्थित ब्यक्तित्वहरुले खिलाड़ी हरुलाई सम्मान गरेका थिए ।

कार्यक्रमको संचालन् एनआरएनए क्यानडाका महासचिब चंदा अधिकारी र स्वागत मन्तब्य एनआरएनए क्यानडाका बिनोद कोइरालाले गरेका थिए ।

कार्यक्रममा नेपाली राष्ट्रीय क्रिकेट खिलाड़ी संदीप लामीछानेलाइ सम्मान गर्ने कार्यक्रम भए पनि संदीपको कार्य ब्यस्थताका कारणले गर्दा उहलाई सम्मान समारोहमा सम्मान गर्न नपाएको जानकारी आयोजकले जनाएको छ ।

कार्यक्रममा बिभिन्न पत्रकार , नेपाली समुदायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।