सिस्नेरीमा टाटा सुमो दुर्घटना, घाइते १० जना घाइते तीन जनाको अवस्था गम्भीर

-


     हिडन खबर    
     श्रावण १९ गते २०८१ मा प्रकाशित


काठमाडौं । मकवानपुरको सिस्नेरीमा शनिवार बिहान टाटा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजार नजिकै सुमो दुर्घटना भएको हो ।

काठमाडौंबाट वीरगञ्जको लागि छुटेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहाले बताए । घाइते सबैलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।