
गण्डकी प्रदेशका पर्यटन,उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभन्द्र शर्मा कँडेलले जिल्लाको अर्थतन्त्र बलियो बनाउन पर्यटन व्यवसायलाई अन्य क्षेत्र संग जोडेर अगाढी वढ्नुपर्ने बताउनु भएको छ । सम्पूर्ण व्यवसायीहरूको साझा सस्था बागलुङ उद्योग वाणिज्य संघको ५८ औ वार्षिक साधारणसभामा बोल्दै कँडेलले यस्तो बताउनु भएको हो । सरकार र निजी क्षेत्र सँगको सहकार्यबाट नै विकास र समृद्धि संभव हुने कँडेलले बताउनु भयो ।
आर्थिक विकास र समृद्धिका लागि आन्तरिक र बाह्य लगानी आकर्षण गर्नुपर्ने भन्दै जिल्लामा भएका प्राकृतिक स्रोतसाधनको परिचालन गरेर समृद्ध बनाउन सवै क्षेत्र मिलेर अगाढी वढ्न आवश्यक रहेको बताउनु भयो । साधारणसभामा राष्ट्रिय भूमि आयोग बागलुङका अध्यक्ष धर्म वहादुर कुवर, नेपाल उद्योग वणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजीव बहादुर कोइराला ,नेपाली कांग्रेसका सभापति जीत शेरचन नेकपा माओवादी केन्द्र बागलुङका जिल्ला संयोक ज्ञाना गैरे अनिल ,नेकपा एकीकृत समाजवादी पार्टी बागलुङका अध्यक्ष लालबहादुर थापा ,राप्रपाका जिल्ला उपाध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ,जनता समाजवादी पार्टीका प्रदेश सदस्य भक्त वहादु रसाइली, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कुबिर श्रेष्ठ , कपडा तथा फेन्सी व्यवसायी समितिकाअध्यक्ष रामचन्द्र शर्मा ,महिला उद्यमी विकास समितिका अध्यक्ष भगवती केसी ,लगायतका वक्ताहरूले धारणा राखेका थिए ।
संघले आफ्नो साधारणसभाको अवसरमा ५ जना ब्यबसायी लाई सम्मान गरेको थियो । व्यवसायी दुर्गा श्रेष्ठ ,कृष्ण मल्ल ,आेम प्रकाश गौतम ,रन्जिता श्रेष्ठ ,शोभा शर्मा र कपडा तथा फेन्सि व्यवसायी समितिलाई गण्डकी प्रदेशका पर्यटन मन्त्री कडेल र संघका अध्यक्ष राजभण्डारीले सम्मान गर्नुभएको थियोे ।
बागलुङ उद्योग बाणिज्य संघले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट वणिज्य क्षेत्रमा कलम चलाउने माउन्टेन टेलिभिजनका बागलुङ सम्वाददाता सुवास आचार्यलाई नगद सहित दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।
संघको साधारणसभामा धौलागिरी बहुमुखी क्याम्पस बागलुङबाट ब्यबस्थापन संकाय तर्फ सर्बोत्कृष्ट अङ्क प्राप्त गर्ने सुदीप सागर कँडेललाई सम्मान गरिएको थियो । त्यस्तै बागलुङ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष श्याम श्रेष्ठले स्थापना गरेको तारा अवार्ड बाट बागलुङका ब्यबसायी यमप्रसाद कडेललाई सम्मान गरिएको थियो । त्यस्तै सिद्व भैरव ग्रुप प्रालि गलकोटलाई सम्मान गरिएको थियो ।
बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बावुको धन्यवाद मन्तव्य र महासचिव नरेश कँडेलको संचालनमा सम्पन्न भएको थियो ।
बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले आफ्नो ३ बर्षिय कार्यकालमा कोरोनाको कारणले गर्दा राम्रोसँग काम गर्न नपाएको बताउनुभयो ।
कोरोनाको खोप ब्यवसायी लाई लगाउनका लागि आफुले भुमिका खेलेको कारणले अहिले सहज वातावरण भएको अध्यक्ष राजभण्डारीले बताउनुभयो । स्थानीय तहले ब्यापारी ब्यबसायी माथि लगाउदै आएको ब्यबसायी कर चर्को भएको हुनाले त्यसमा पुनरबिचार हुनुपर्ने अध्यक्ष राजभण्डारीले बताउनुभयो ।
















