गण्डकी सरकारकाे निर्णयकाे बिरूद्व यातायात बन्द

-


     हिडन खबर    
     श्रावण १३ गते २०८१ मा प्रकाशित


बागलुङ/ गण्डकी प्रदेश सरकार तथा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा २४ घण्टा समय सिमा ताेकि गण्डकी प्रदेश सरकारले दुई पाङ्ग्रे र चार पाङ्ग्रे निजी प्रयाेजनका
सवारीसाधन लाई सार्वजनिक सवारीसाधन सरह यात्रु आ‌ेसार पसार गर्न पाउने निति ल्याउन लागेको भन्दै यातायात ब्यवसायीहरूले बिराेध गर्दै गण्डकी प्रदेश भर सार्वजनिक यातायात नचलाउने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारलाई ७ बुदे माग बुझाएको तर
त्यसलाई सम्बाेधन नगरि बेवास्ता गरेको भन्द‌ धाैलागिरि क्षेत्रका १० वटा विभिन्न यातायात ब्यवसायीहरूले श्रावण १२ गते ऐक्यबद्धता पत्र प्रकाशित गरेर श्रावण १३ गतेदेखि नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश र सार्वजनिक यातायात महासंघ गण्डकी प्रदेश लगायतका मजदुर संगठनका प्रेस विज्ञप्ति लाई ऐक्यबद्धता जाहेर गर्दै म्याग्दी ,बागलुङ पर्वत मुस्ताङ लगायत गण्डकी प्रदेश भरी कुनै पनि सार्वजनिक सवारीसाधनहरू संचालन नहुने जनाएको छ ।

भएको सार्वजनिक सवारीसाधन घर घरमा अथवा ग्यारेजमा
राखि आन्दोलनमा सरिक हुन सम्पूर्ण मजदुर तथा ब्यवसायी लाई अनुरोध गरेको छ अहिले भएको आन्दोलन बाट आम सर्वसाधारणलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी भएको भनेर ऐक्यबद्धता पत्रमा उल्लेख गरिएको छ ।

धा‌लागिरि अन्चल यातायात प्रालिका अध्यक्ष सन्तबहादुर पाख्रीन धाैलागिरि गण्डकी यातायात प्रालिका संचालक
उमाकान्त शर्मा ,धाैलागिरि कालीका यातायात प्रालिका अध्यक्ष जयन्द्र पन्त ,बेनी यातायात सेवा प्रालिका अध्यक्ष
भाेज बहादुर थापा ,बागलुङ भगवती यातायात प्रालिका संचालक राजकुमार पा‌ैडेल ,गा‌ैरीधाम यातायात प्रालिका
संचालक सराेज केसी र निमिसा यातायात प्रालिका संचालक दिपेन्द्र सुवेदीले हस्ताक्षर गरेका छन् ।