
बागलुङ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गत कलष्टर १० र रिजन २१ अन्तर्गतका क्लबहरुको प्रेरणा र पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा १२ वटा लायन्स क्लबहरु र ३ वटा लियो क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ धौलागिरि बागलुङका २०२३,२४ का अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, लायन्स क्लब अफ बागलुङ सिटीका २०२३,२४ अध्यक्ष धना सुनार, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका २०२३,२४ अध्यक्ष सुनीता श्रेष्ठ, लायन्स क्लब अफ ढोरपाटन बागलुङका २०२३,२४ का अध्यक्ष राम प्रसाद आचार्य, लायन्स क्लब अफ बागलुङ सिटीजनका २०२३,२४ अध्यक्ष सविता ज्ञावली, लायन्स क्लब अफ बागलुङ आवाजका २०२३,२४ का अध्यक्ष शान्ती ज्ञवाली, लायन्स क्लब अफ बागलुङ प्रोफेसनलका २०२३,२४ का अध्यक्ष गोविन्दबहादुर भण्डारी र डिष्ट्रिक गर्भनर मिरा बज्राचार्यले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
लायन्स क्लब अफ बागलुङ आवाजका अध्यक्ष शान्ती ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत रिजन चियर पर्सन नारायण आचार्य र संचालन जोन चियर पर्सन जुनु श्रेष्ठले गर्नु भएको थियो ।
दोस्रो चरणको कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका प्रथम डिष्ट्रिक गर्भनर दुर्गा हुमागाइर्, लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ आइ नेपालका पूर्व गर्भनर चन्द्रकुमार केसी, लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका पूर्व मल्टिपल काउन्सिल चियर पर्सन दिपक श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका डिस्ट्रिक इन्टरनेशनल रिलेसन चिफ काजिमान गुरुङले धन्यवाद दिनु भएको थियो ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षता र जोन चियर पर्सन प्रेम केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।









