
बागलुङ / मालिका सेवा समाज र मालिका पुर्ब विद्यार्थी मञ्च को आयोजनामा बा न पा ५ मा अबस्थित बालश्रम प्रा बि मा अध्ययनरत सम्पुर्ण विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरियो।
हस्तान्तरण कार्यक्रममा सेवा समाजका सल्लाहकार टेक बहादुर के सि (बद्री )ले सेवा समाज र विद्यार्थी मञ्च का कार्य सबैका निम्ति उदाहरणिय रहेको हुदा सबैले अनुसरण गरेर सेवा भाब प्रदान गर्न आग्रह गर्दै दुबै सस्थाले निरन्तर रुपमा गरेका कार्यले समाजमा महत्वपूर्ण योगदान दियको चर्चा गर्दै सबैलाइ सहयोग गर्न आग्रह गर्नु भयो।
विद्यार्थी मञ्च का सल्लाहाकार चन्द्र प्रसाद सापकोटाले सेवा मुलक भाबले गरेका कार्यले निरन्तरता पाउन भन्दै आबस्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आफ्नी स्वर्गीय बुहारिको स्मृतिमा विद्यार्थी मञ्च मार्फत कोष सो विद्यालय मा स्थापना गर्ने घोषणा गर्नु भयो ।
त्यस्तै सेवा समाजका सल्लाहकार धरणिधर सापकोटाले दुबै सस्थाका कार्यले वास्तविक सेवाभाब दर्शायको चर्चा गर्दै निस्वार्थ सेवा भाबनै ठूलो कार्य भयको जनाउनु भयो ।
सेवा समाजका सदस्य शालिकराम आचार्य ले सस्थाले सेवा मुलक कार्यलाइ सधै निरन्तरता दिने बताउनु भयो। दुबै सस्थाले विभिन्न सामाजिक क्रीयाकलाप , शैक्षिक, खेलकुद लगायत विभिन्न कार्यमा निरन्तर काम गरिरहेको सस्थाका अध्यक्ष जीवन नाथ शर्मा रेग्मिले जानाकारी गराउनु भयो ।
सोही अबसरमा बालश्रम प्रा बि का प्र अ दयाराम रेग्मोले दुबै सस्थाका काम सस्थाको मर्म अनुसार भयको बताउदै शैक्षिक क्रियाकलापमा धेरै सहयो पुर्यायको बताउनु भयो।
सम्पुण अभिभावक को उपस्थिति रहेको कार्यक्रम सिजन स्टेशनर्स बाग्लुङको समन्वय र हिमाल कापी उद्योग बिरगंज को सहयोगमा बितरित कार्यक्रम दुबै सस्थाका अध्यक्ष जीवन नाथ शर्मा रेग्मिको अध्यक्षता तथा बालश्रम प्रा बि का प्रधानाध्यापक दयाराम रेग्मिको संचालनमा सम्पन्न भयको थियो।