प्रधानमन्त्री केपी आ‌ेलीकाे फाेटाे बाेकेर राहत माग

-


     हिडन खबर    
     श्रावण १ गते २०८१ मा प्रकाशित


काठमाडौ श्रावण १ / राजधानीकाे मुटु काठमाडौं माइतीघर मण्डलामा १८३ दिनदेखि आन्दोलनरत एकजना पीडित महिलाले सरकार बाट राहत पाउन नयाँ तरिका अपनाएका छन् ।

आफ्नो पुर्व पति जिल्ला न्यायाधीश भुवन गिरीबाट आफू बलात्कृत भएको भन्दै  लामो समयदेखि सडक संघर्ष र आमरण अनशन समेत बस्दै आएकी आरती रावल गिरीले
अदालत बाट न्याय पाएर पनि क्षतिपूर्ति नपाएको भन्दै
प्रधानमन्त्री केपी शर्मा आ‌ेली संग राहतको लागि आग्रह गरेकि छिन् ।                              

गाउँ गाउँमा आ‌ेली घर घरमा आ‌ेली भन्ने नारा गुन्जिरहेकाे कारणले पनि केही रकम राहत पाउने बिश्वास भएको हुनाले
प्रधानमन्त्री आ‌ेलीकाे फाेटाे बाेकेकाे पीडित आरति रावलले बताए

अदालतले आरती रावललाइ ३ लाख क्षतिपूर्ति दिनु भनेर
निर्णय गरेपनि अहिलेसम्म उनलेे राहत पाउन सकेका छैनन् ।रावल लाई क्षतिपूर्ति दिनको लागि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालय लाई लिखित रूपमा पत्राचार गरेपनि
अहिलेसम्म त्यो निर्णय पनि कार्यनयन नहुदा माइतीघर मण्डलामा धर्ना जारी रहेको छ ।

प्रचण्ड सरकार संग भएको सहमति राहत नपाएर अलपत्र परेपछि नयाँ बनेको केपी आ‌ेलीकाे सरकार बाट जुनसुकै माध्यम बाट सरकारी गैरसरकारी जहाँबाट भएपनि नगद राहतको माग गरेका छन् ।माइतीघर मण्डलमा बसेर आन्दोलन गर्दा पटकपटक बिरामी भएको हुदा स्वास्थ उपचार राम्रोसँग गर्नुपर्ने स्वास्थ्यकर्मीकाे सल्लाह सुझाव दिएको कारणले पनि सहयोग माग गरेको रावलले बताए ।

यसअघिका गृहमन्त्री रवि लामिछानेको फाेटाे माइतीघर मण्डलामा झुन्डाएर बस्दा समेत केही सुनुवाइ भएको थिएन ।
रावलका पति तत्कालीन जिल्ला न्यायाधीश भुवन गिरिलाई
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले कैद सजाय ताेकिसकेकाे छ ।