गण्डकी प्रदेश भित्रकाे सडकको अवस्था कस्तो छ

-


     हिडन खबर    
     असार २९ गते २०८१ मा प्रकाशित


कास्की /अविरल बर्षाकाे कारण गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरूमा पहिराका कारणले धेरै ठाउँमा सडक अबरुद्ध भएको छ ।

असार २८ गते विहान ६ बजेदेखि मनाङ कास्की म्याग्दी गाेरखा ,पर्वत ,तनहुँ लगायतका जिल्ला सदरमुकाममा रहेका सडक अविरल रूपमा परेको बर्षाकाे कारण ठाउँ ठाउँमा पहिरो जाँदा सडक अबरुद्ध हुन पुगेको ट्राफिक प्रहरीले जनाएको छ ।

म्याग्दी जिल्ला रघुगंगा गाउँ पालिका-२ बैसोरी स्थित बेनि-जोमसोम सडकखण्डमा पुन: पहिरो आई बाटो अबरोध भएको छ । पहिरोको कारण सडक खुल्ने समय अनिश्‍चित रहेको छ ।

यस्तै गोरखाकाे गाेरखा नगरपालिका.१४ मजुवा अमरसिंह राजपथ आबुखैरनी गोरखा सडकखण्डमा लेदो सहितको पहिरो आई बाटो अवरोध भएको ट्राफिक प्रहरीले जनाएको छ । म्याग्दीकै बेनी नगरपालिका -०४ घुमाउने भिर स्थित बेनि दरबाङ सडकखण्डमा पहिरो आई बाटो अवरोध हुन पुगेको छ ।

तनहुं ब्यास नगरपालिका -१२ घासिकुवां स्थित पृथ्बीराजमार्ग पोखरा मुग्लिन सडकखण्डमा पहिरो आई बाटो पुर्ण रुपमा अवरोध भएपछि,प्रहरी टोली पुगि बाटो खुलाउने प्रयास भई रहेको छ । तनहुं भानु नगरपालिका -०३ कुरकुना स्थित डुम्रे बेशिसहर सडकखण्डमा पहिरो आई बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

पर्बत कु.न.पा.-०१ शहस्त्रधारा स्थित पोखरा बेनि बाग्लुङ सडकखण्डमा पहिरो आई बाटो अवरोध हुन पुगेको छ ।स्याङजा भिरकोट नगरपालिका -०४ गैराथोक स्थित सिद्धार्थ राजमार्गमा पहिरो आई बाटो अवरोध भएको छ ।

असार १९ गते मनाङ चामे गाउँ पालिका.-१ तिबाङ स्थित बेसीशहर चामे मनाङ सडकखण्डमा काठको पुल बगाई बाटो पूर्ण रुपमा अवरोध रहेको छ । उक्त अवरोध रहेको स्थान देखि ४५ मिनेटको पैदल यात्रा पश्चात पुन:गाडि द्वारा सदरमुकाम सम्म यात्रा गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।