बागलुङको विभिन्न स्थानमा अवरुद्ध सडक खुलाउँदै

-


     हिडन खबर    
     असार २८ गते २०८१ मा प्रकाशित


बागलुङ / अविरल वर्षाका कारण असार २७ गते कालिगण्डकी करिडोर अन्तर्गत बागलुङ जिल्लाको बागलुङ नगरपालिका–वडा नम्बर १० डबल्याङ्ग र मध्य पहाडी लोकमार्ग अन्तर्गत जिल्लाको काठेखोला गाउँपालिका–६ बयलडाडा सडकखण्डमा पहिरो आई पुर्ण रुपमा अवरुद्ध भएको खुलाईएको छ ।

आश्रित गुल्म बागलुङको सुरक्षा फौज खटिई अवरुद्ध सडकहरु खुलाएको हो ।

यसैगरी अविरल बर्षाको कारण पहिरोले सोही जिल्लाको बागलुङ नगरपालिका–३ तातोपानी भुनियामा ४५ वर्षिय मनमती बोहोराको कच्ची घर भत्किन गई पुरिएको लत्ताकपडा तथा सरसामानहरु आश्रित गुल्म बागलुङको सुरक्षा फौजले निकालेको छ ।