
बागलुङ / अबिरल बर्षाकाे कारण बागलुङ नगरपालिका वडा नम्बर -३ तातोपानी भुनिया भन्ने स्थानमा बर्ष ४५ कि मनमती बोहोराको काठ र ढुङगामाटोले बनेको कच्चि घर भत्किएन पुगेको छ ।घटनाको जानकारी लगत्तै सशस्त्र प्रहरी गुल्मबाट सप्रनानि अनन्त प्रसाद पौडेलको कमाण्डमा १३ जनाको टोली खटि गई घर भित्र रहेका लत्तकपडा, सरसामानहरु बाहिर निकालेका छन् ।
घर भत्किएको भएपनि मानविय क्षेती केही पनि नभएको
प्रहरीले जनाएको छ । बुधबार रातिदेखि अविरल रूपमा परेको पानीको कारण घरमा क्षति हुन पुगेको हाे ।










