बागलुङमा घर पुरिँदा एक जनाको मृत्यु

-


     हिडन खबर    
     असार २८ गते २०८१ मा प्रकाशित


बागलुङ / बागलुङ नगरपालिका–वडा नम्बर ७ तितौरेमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । विहीबार राती साढे १२ बजे घर माथिदेखि पहिरो खस्दा पुरिएर स्थानीय अन्दाजी ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।

घरमा एक्लै बस्दै आउनु भएकी शर्माको सुतेको बेला पहिरो खस्दा पुरिएर मृत्यु भएको बागलुङ नगरपालिका–वडा नम्बर ७ का वडा अध्यक्ष मेघनाथ गैरेले बताए ।

विहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेपछि अहिले घटनास्थल तर्फ जाँदै गरेको भनाइ छ । वर्षाका कारण बाटो बिग्रिएको हुँदा प्रहरी अझै घटनास्थलमा पुग्न नसकेको अध्यक्ष गैरे बताए ।

घरमा एक्लै बस्दै आएकाे थियो, राति ठूलो पानी प¥यो, घरमाथिबाट एक्कासी पहिरो झर्दा पुरिएछ , विहान छिमेकीले थाहा पाएपछि बल्ल हामीले जानकारी पायौँ, अहिले प्रहरीसहित हामीहरु जाँदै छौँ, रातको समयमा हुँदा पहिरोले पु¥यो, उहाँको घर वरपर खास्सै बस्ती छैन, तत्कालै उद्धारसमेत हुन पाएन ।”