बागलुङ बजारका चोक चोकमा विक्रि हुने फलफूल तथा तराकारीको तौलमा कैफियत

-


     हिडन खबर    
     असार २६ गते २०८१ मा प्रकाशित


बागलुङ / बागलुङ बजारका चोक चोकमा विक्रि हुने फलफूल तथा तराकारीबाट उपभोक्ता ठगिने गरेकोले नियमक निकाले यसको नियन्त्रण गर्नुपर्ने माग उठेको छ ।

बागलुङ उद्योग वाणिज्य संघले जिल्लाका कृषक तथा उत्पादक, खरिद विक्रिकर्ता एवं फलफूल तथा तरकारी व्यवसायी र जिल्लाका सरोकारवाला निकायसँग भएको बैठकमा उपस्थित यस्तो बताएका हुन् ।

रातारात बाहिरि जिल्लाबाट गाडिमा फलफूल तथा तरकारी आयात गर्ने र बजारका चोक चोकमा कृषको भेषमा बसेर डोकोमा बेच्ने गिरोह सक्रिय रहेको बताएका थिए ।

राज्यलाइ कर छलि गरेर लाखौ पैसा बाहिरिने गरेको समेत गुनासो आएको छ । फलफूल तथा तरकारी व्यवसायी संघ बागलुङका अध्यक्ष कृष्ण प्रसाद भट्टराई कर छलेर दर्ता विना सडकमा व्यापार गर्ने डोके व्यापारीले गर्दा राज्यलाई कर तिरेका व्यवसायी विस्तापित हुने अवस्था आएको बताउनु भयो ।

कृषि सरकारी संघ बागलुङका सचिव गंगा बहादुर थापाले एकाद किसान बाहेक बजारमा डोकामा व्यापार गर्ने तरकारी तथा फलफूल जिल्ला बाहिरबाट आउने र अत्याधि विषादी प्रयोग हुने गरेकोले यसको निन्त्रण हुन आवश्य रहेको बताउनु भयो ।

व्यवसायी माया शर्माले चोकमा बसेर डोकोमा बेच्न वास्तविक किसान बाहेक अन्यलाई रोक लगाउनुपर्ने बताउनु भयो । किसानले गरिखान पाउनुपर्ने तर तराईका जिल्लाबाट आएको तरकारी तथा फलफूललाई नियन्त्रण तथा करको दायरामा ल्याउन आवश्यक रहेको बताउनु भयो ।

बागलुङ नगरपालिका राजश्व शाखाका प्रमुख काशिराम शर्माले नगरपालिकामा ५ हजार व्यवसायी दर्ता भएको त्यस मध्य करिव १५ सयले दर्ता मात्र गरेको, केहीले कानून हातमा लिएर राजश्व नतिर्ने उल्टै राजश्व शंकलन गर्न खोज्दा कर्मचारीलाई धम्काउने गरेको बताउनु भयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले स्थानिय स्तरमा विधि निर्माण नहुदा कर छलि गरेर व्यापार हुने गरेकोले नगरपालिकाले आवश्यक नीति बनाएर अनिवार्य दर्ता गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो ।

नीति कार्यान्वयमा आवश्यक शान्ति सुरक्षा दिने दायित्व आफ्नो कार्यालयको भएको बताउनु भयो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बजारमा देखिएका समस्या समाधान गर्न सवैको सहयोग लिएर आवश्यक प्रक्रिया आगाडी बढाउन नगरपालिका तयार रहेको बताउनु भयो ।

कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलको अध्यक्षता महासचिव ऋषिराम गौतमको संचालन र वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यको धन्यवाद मन्तव्य सहित सम्पन्न भएको थियो ।

सो बैठक तथा अन्तरक्रियाबाट बागलुङ नगरपालिका भित्र बजार व्यवस्थापन, डोके, पोके व्यवसायी लगाएत विभित समस्या समाधान गर्न आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय बस्तु‌गत संघ का प्रतिनीधि, बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यलय एवं सरोकारवाला निकायहरुबिच वृहत छलफल गर्न निर्णय गरिएको छ ।

अव्यवस्थित रूपमा डोको, झोला मा खुल्ला सडककिनारमा विक्री वितरण गर्दा गुणस्तर तोलमा पनि उपभोला भकोमा परेको र विषादी जन्य फलफून हरु पनि विक्री भएकाले यसको नियन्त्रण लिन र उपभोक्ता हरुले पनि खरिद नगर्नु हुन अनुरोध गर्ने निर्णय भएको छ ।

बागलुङ नगरपालिका र आसपासका कृषक हरुलाई पहिचान खुल्ने गरि व्यवस्था मिलाउने र कृषकहरु‌लाई सहज तवरले विक्री वितरण गर्ने वातावरण मिलाउन सरोकारवाल निकायलाई अनुरोध गर्ने निर्णय पनि भएको छ। मालढुंगा चेक पोष्टमा ताकारी खाद्यान्न लगाएतका उपभोग्य बस्तको विषादी परिक्षण गर्न उपकरणको व्यवस्थापन गर्न माग गर्ने, विना विल जिल्लामा भित्रिने गाडिलाई कारवाही गर्नुपर्ने, बागलुङ बजार‌मा वर्तमान समयमा व्यवसायीक कारोबार न्यून भई दर्जनौ सटरहरु खालि भइरहेको अवस्था लाई मध्यनजर भाडा समायोजन गर्न घरधनिह‌लाई अनुरोध गर्ने र सोको जानकारी उद्योग वाणिज्य सघं सचिवालयमा अभिलेखिकरण गर्ने लगाएतमा निर्णय समेत गरिएको छ ।