
२० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाललाई पार्टी अनुशासन उलंघन गरेको भन्दै एक साताको लागि निलम्बन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डाेल प्रसाद अर्यालले एक महामन्त्री तथा प्रवक्ता लाई पत्र लेखी पार्टी
प्रवक्तासमेत रहेका महामन्त्री मुकुल ढकाल बुधबार पार्टी अनुशासन विपरीत अभद्र अशाेभनिय अमर्यादित अनुशासनहिन ब्यवहार प्रस्तुत गरेको भन्दै एकसाताकाे लागि निलम्बन गरेको जनाएको छ ।
उपसभापति अर्यालले महामन्त्री ढकाललाई कार्वाही गरेको बाेधार्थ केन्द्रीय अनुशासन आयाेगलाई पठाएको छ ।
बैठकको मुख्य एजेन्डा थियो, महामन्त्री ढकालले ३८ जिल्ला घुमेर तयार पारेको ३२ पाने समीक्षा प्रतिवेदनबारे छलफल ।
इलामको उपचुनावमा नराम्रो धक्का व्यहोरेपछि रास्वपाले समीक्षा प्रतिवेदन तयार पार्न महामन्त्री ढकाललाई खटाएको थियो । १२ असारमा पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएसँगै रास्वपा बहस व्यक्ति केन्द्रित हुन थाल्यो ।
किनकी ढकालले समीक्षा प्रतिवेदनको निष्कर्षकै आधारमा आफूलाई कारबाही हुनसक्ने अभिव्यक्ति दिए भने पार्टी अनुशासन आयोगले पनि उनलाई स्पष्टीकरण सोध्यो ।
बुधबारको केन्द्रीय समिति बैठक अझै अस्वाभाविक भयो । बैठकमा महामन्त्री ढकालले आफूले समीक्षा प्रतिवेदन पेश गर्दा लाइभ (प्रत्यक्ष प्रशारण) गर्नुपर्ने माग राखेका थिए
आफ्नो माग पूरा नभएको भनी ढकालले मुखमा कालाे टेप
लगाएर बिराेध जनाएका थिए ।
१६ असारमा नै ढकालले सभापति रवि लामिछानेलाई केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारणका लागि आग्रह गरेका थिए । त्यसबेला सभापति लामिछानेले सुरुमा ‘हुन्छ/हुँदैन’ भन्नेबारे कुनै प्रतिक्रिया दिएका थिएनन् ।











