
/बागलुङ जिल्ला ताराखाेला गाउँ पालिका वडा नम्बर ३ का
श्यामबहादुर बिश्वकर्मा मृत फेला परेका छन् ।
६३ बर्षिय बिश्वकर्मा असार १९ गते १०.३० बजे आफ्नो घर देखि अन्दाजी डेढ किलोमिटर पश्चिम हर्कबहादुर कार्कीको घरको पिँढिमा मृत्यु फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घटनाको जानकारी लगत्तै बिहीबार मध्य रात १ बजे वडा अध्यक्ष कर्णबहादुर भण्डारीले जानकारी गराए लगत्तै ३ जना प्रहरी टाेली घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय गलकाेट ७ जनाको टाेली अनुसन्धानको लागि पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए ।
मृतक विकले अत्यधिक मदिरा सेवन गरेको भन्ने बुझिए पनि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









