२०४७ सालको संविधान ब्युँतिने खतरा बढ्यो : देवेन्द्र पौडेल 

-


     हिडन खबर    
     असार १९ गते २०८१ मा प्रकाशित


काठमाडौं /नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नयाँ सरकारको समिकरणले  २०४७ सालको संविधान ब्युँतिने खतरा बढेको बताएका छन् ।वर्तमान गठबन्धन भत्काएर एमाले कांग्रेसले नयाँ सहमति गरेपनि
माआ‌ेवादी सांसद पाैडेलले उक्त प्रतिक्रिया दिएका हुन् ।

कांग्रेस एमालेले संविधान संशोधनका लागि नयाँ समिकरण बनेको भनेसँगै पौडेलले देशका के त्यस्तो संकट आइपर्‍यो र संविधान संशोधन गर्नुपर्‍यो भनेर प्रश्न गरे ।

‘सरकार छोड्नुपर्‍यो भनेर माओवादीलाई कुनै चिन्ता छैन । छ महिनापछि सहमति अनुसार छोड्नैपर्ने थियो अहिले छोड्दा केहि फरक पर्दैन तर संविधान संशोधनको कुराले गम्भीर बन्न बाध्य गराएको छ’, उनले भने ।