
बागलुङ, गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले जातीय बिभेद कुनै एक समुदायको मात्र नभएर सिंगो राष्ट्रको समस्या भएकाले यसलाई राष्ट्रले समाधान गर्नु पर्ने बताउनु भएको छ ।
जिल्लाको गलकोट नगरपालिकामा सञ्चालित १ दिने सामाजिक बिभेद तथा छुवाछुत अन्त्यका लागि प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै यस्तो प्रतिक्रिया दिनु भएको छ ।
यस समस्याले समाजको एक समुदायलाई मात्र हैन सिंगो समुदायलाई यसको प्रभाव पार्ने बताउनु भयो । यस समस्या समधानको लागि गैरदलितको पनि निकै महत्वपुर्ण भुमिका रहने बताउनु भयो । आफुले जनप्रतिनिधिको रुपमा सिंगो समुदायको हक हितको लागि आवज उठाउने गरेको बताउनु भयो ।
“यस विभेदलाई अन्त्य गर्नको लागि दलित समुदाय शिक्षित,संगठित र सर्घष गर्नु पर्छ ,नेपालको संविधानमा दलितका हक अधिकार, कानुन निर्माण भएपनि पूर्ण रुपमा कार्यान्वयन हुन नसक्दा आज पनि छुवाछुत प्रथाको अन्त्य हुन सकेको छैन” सांसद पौवीले भन्नु भयो । यसलाई सबैले आआफ्नो ठाउँबाट आवज उठाउन छोड्न नहुने प्रतिक्रिया दिनु भयो ।









