एकैपटक दुई सफलता पाउने दाउमा जुगल गाउँपालिका प्रमुख

-


     हिडन खबर    
     असार ११ गते २०८१ मा प्रकाशित


सफलता न १ कक्षा १० को SEE परिक्षा पास गर्नु ,
सफलता न २ बनजङ्ग्लको डुङ्गा सकेसम्म सिध्याउने र चाडै बनजङ्गलमा प्राकृति बिपत्ति ल्याउने तयारी

असार १० काठमाडौ/नेपालको ७५३ स्थानीय तह छन भन्ने कुरा पनि खासै जानकारी पाउन नसकेका एक यस्ता व्यक्ति छन जसलाई आफ्नो नाम समेत लेख्न हम्मे हम्मे पर्ने हुन्छ।

ती व्यक्ति अरु कुनै देशका नभइ हाम्रै देश नेपालका एक पालिका प्रमुख हुन । जुगल गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष समेत रहेका यी व्यक्तिको नाम भने रेशम स्याङ्ग्बो रहेको छ ।

शैक्षिक योग्यताको कुरा गर्दा कति चाहिन्छ त्यो त परै जाओस् यौटा गाउँपालिका प्रमुख बन्नको लागि खासै पढाई नचाहिने कुरा यिनै रेशम स्याङ्ग्बोले प्रमाणित गरिसकेका छन ।

यी व्यक्तिको जम्मा पढाई भनेको कक्षा ५ पढेका हुन भन्ने जनगुनासो आएको छ । अब आफै बिचार गरौ यस्ता कक्षा पाँच फेल भएका व्यक्तिबाट त्यो समाज त्यो पालिका देश कस्तो बन्छ भन्ने आशा गर्नु पर्ने हो ।

यौटा बिढम्बनाको बिषय छ । यहाँ चुनाव जित्न पढाई होइन आर्थिक भए अनि नेताहरूको चाकरी गर्न पाए जित्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण बन्न पुग्यो ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा बिकासको नाममस बिनाश मच्चाउन जति पनि पाइन्छ भन्ने शिक्षा समेत भएको छ सारा नेपालिको लागि यो बिषय यौटा । आफ्नै गृहणी बाट यो पटको कक्षा १० को SEE परिक्षा लेखिदिएको भन्ने कुरा बाहिर आएको छ जुगल गाउँपालिका शिक्षा अधिकृत प्रदिप पराजुली परिक्षामा खटाइएको सिक्षकहरुलाई समेत प्रलोभन देखाइएको निबेदनमा उल्लेख गएइएको छ ।

कक्षा ८ को उतिर्णको मार्कसिट श्री कृष्ण उच्च मा बि चौतारा बाट झिकाइ उक्त प्रमाणपत्रको आधारमा प्रश्नपत्र आउट गराइएको कुरा उल्लेख भएको छ ।

परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुरमा समेत निवेदनदन परेको रहेछ तर पालिका प्रमुख को पावर यति धेरै रहेछ कि अहिले सम्म नि कुनै जानकारी आएको छैन । कक्षा १० को नतिजा सार्वजनिक गर्ने तयारिमा छ परिक्षा बोर्ड गाउँपालिका अध्यक्षको पनि नतिजा आउदै छ यति खेर मुटुमा ढ्याङ्ग्रो बज्न थालिसकेको हुनुपर्छ ।

एकैपटक नपढी कक्षा १० को परिक्षा लेख्नलाई गाउँपालिका अध्यक्ष नै बन्नुपर्ने रहेछ यो हेर्दा यहि पुष्ठि समेत गर्दछ । पढ्ने बेला बाख्रा चराउन व्यस्त रहेको हुनुपर्छ खासै पढ्न नभ्याएका रेशम स्याङ्ग्बो बल्ल पढ्नु पर्ने रहेछ भन्ने बुद्धि पलाएको देखिन्छ ।

आफु प्रमुख भए पछि जे पनि गर्दिन्छु भन्ने ठुलै घमण्ड पालेका यी व्याक्ती यतिखेर बनजङ्ग्ल भित्रका ढुङ्गा उत्खनन गर्ने र पैसा कमाउने बिकास भनेको त्यस्तै हो ।

पहिला चै आफ्नै भुँडी भर्नु पर्छ गाउँका जनताको खासै मतलब नराख्ने स्याङ्ग्बो ७/८ वटा बुलडोजर चलाउदै छन बनमा यत्तिको दादागिरी देखाउनु ठुलै सफलता होला भन्ने भ्रम पलाएको छ यिनिलाई हुनत आफ्नो नाम समेत लेख्न मुस्किल पर्ने यिनिलाई कानुन के हो भन्ने कुरा बुझ्न अर्को जुनिनै पर्खिनु पर्ला ।र

देश पछाडि पर्नुको मुख्य कारण शिक्षा नै हो बिश्व शिक्षा र प्रबिधिको कारण सयौ गुणा अगाडि छ यहीँ पढाई भन्दा पनि मासु भात रक्सी अनि पैसा उडाएर बिकास गर्न सकिन्छ भन्ने सोचमा देशलाई खाडल भित्र हाल्दै छन ।

वहाँ आफैले भन्नू भएको छ कि पढाइ भनेको मेरो नितान्त व्याक्तिगत कुरा हो । वहाँको भनाइलाई हेर्ने हो भने पढाई खासै ठूलो कुरा नभएको नपढेपनी यौटा पालिका प्रमुख भइयो अब त मलाई कस्ले के गर्न सक्छ र भन्ने वहाँको गलत सोचाइ रहेछ ।

आफू प्रमुख भएको हुदा कसैले केही गर्न नसक्ने वहाँको तर्क छ । वहाँ आफै भन्नुहुन्छ मेरो पढाइ जति भए पनि तपाईलाई के चासो यस्तो जवाफ यौटा पालिका प्रमुखको आउछ अनि बिकास हुन्छ यस्ता व्यक्ति बाट भन्ने चाहाना राख्नु मुर्खता होइन र ? जुगल गाउँपालिका प्रमुख स्यङ्ग्बो लाई पढाई मापदण्ड चाइयो रे ?