दरबार राेधि कल्बकाे संस्कृति मन्त्री तामाङबाट उद्वघाटन

-


     केपी कुमार जलन     
     असार २ गते २०८१ मा प्रकाशित


काठमाडौं /दरबार रोधी क्लब को १६ औ वार्शिक उत्सब राजधानिकाे मायालु कम्प्लेक्समा एक कार्यक्रमकाे बिच शुरू भएकाे छ ।

पर्यटन तथा संस्कृति मन्त्री हित बहादुर तामाङले उद्वघाटन गर्नु भएकाे कार्यक्रम असार २ गते सम्म बिबिध सांगितिक कार्यक्रमकाे साथमा समापन हुद‌ैछ ।

दरबारमार्गमा रहेको यो रोधीले आफ्नो बार्षिकाेत्सबकाे अवसरमा विभिन्न श्रष्टाहरू तथा संचारकर्मि लाई सम्मानित गरेकाे छ । दरबार रोधी क्लबले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेकाे छ ।

लोकदोहोरी गायनमै योगदानको उच्च कदर गर्दै लोक गायक बद्रि पंगेनी, सुनिता दुलाल र कृष्ण आँशुलाई पनि विशेष सम्मान गरिएकाे छ । त्यस्तै पत्रकारका तर्फबाट रिपार्टस कल्बका अध्यक्ष ऋषी धमलालाई विशेष सम्मान गरेकाे छ । यस्तै गित संगितकाे क्षेत्रमा निरन्तर कलम चलाउने पाँच जना पत्रकारहरुलाई समेत दरबार रोधी पत्रकारिता पुरुस्कारबाट पुरस्कृत गरेकाे छ ।

अनलाइन खबरका विष्णु शर्मा, नयाँ पत्रिका दैनिकका अन्वेशन अधिकार, सेतोपाटीका सुशिल नेपाल, रातोपाटीका नरेन्द्र रौले र मज्जाको टिभी डटकमका आयशा दाहाललाई पाँच-पाँच हजार नगद राशीसहित सम्मानपत्रबाट पुरस्कृत गरेकाे छ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसी, बागमती प्रदेश सभा सदस्य माननीय कृष्ण के तामाङकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा प्रत्येक दिन बहुचर्चित गायक रामजि खाण , बालचन्द्र बराल, श्याम राना,प्रकाश कटुवाल ,कृष्ण रेउले, प्रेम लोप्चन , पूर्णकला बि.सि. मिना लामा , प्रतिमा अर्याल,बबिता बानिया, टीका सानू , टीका पुन, रुबिना अधिकरी, रबिन लामिछाने, पशुपति शर्मा, कुलेन्द्र बिक,
दिपक खडका,सुनिता बुढा क्षेत्रि,दुर्गेश थापा ,असमिता डल्लाकाेटि ,रिना थापा मगर लगायत साथमा दरबार रोधी क्लब का कलाकार हरु को भब्य बेजोड प्रस्तुति रहने कल्बका अध्यक्ष अशाेक गिरीले जानकारी दिनु भयाे ।