एमाले बागलुङको १० वटा स्थानीय तहकाे अधिवेशन सम्पन्न

-


     हिडन खबर    
     असार २ गते २०८१ मा प्रकाशित


बागलुङ / नेपाल कम्युनिस्ट पार्टी एमाले बागलुङको १०
आ‌ैं जिल्ला अधिवेशन पश्चात केन्द्रीय निति र सर्कुल अनुसार १०वटा स्थानीय तहमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको छ ।बागलुङ जिल्लाकाे ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिकामा अधिवेशन गरेर नेतृत्व चयन गरेको एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताए ।

बागलुङ नगरपालिका नगर अध्यक्षमा रामकृष्ण शर्मा ,
उपाध्यक्ष रूद्र बहादुर केसी ,सचिव ध्रुव श्रेष्ठ ,उपसचिव अगन बहादुर खड्का उपसचिव सीता थापा र सदस्यहरूमा ६३ जना निर्वाचित भएका छन् ।

बागलुङ जैमुनी नगरपालिका नगर कमिटी अध्यक्षमा देवेन्द्र रेग्मी उपाध्यक्ष श्याम कुमार थापा सचिवमा लिलाधर शर्मा उपसचिवमा चित्र सुनार र एक उपसचिव रिक्त राखिएको छ र सदस्यहरू ३१ जना रहेका छन् ।

गलकाेट नगरपालिका नगर कमिटी अध्यक्षमा पुर्ण बहादुर काउचा उपाध्यक्षमा इश्वर बाेहाेरा सचिव दानबहादुर श्रीस
उपसचिवमा अनिल पाण्डे उपसचिवमा यमकुमारी क्षेत्री
र सदस्यहरू ५१ जना अधिवेशनले चयन गरेको छ ।

यस्तै ढाेरपाटन नगरपालिका नगर कमिटी अध्यक्षमा चुना घर्ती उपाध्यक्षमा फाराम बहादुर कुबँर सचिवमा नेत्र चालिसे
उपसचिवमा हेम प्रसाद बिक उपसचिवमा शान्ति पाैडेल
र सदस्यहरू ५१ जना अधिवेशनले चयन गरेको छ ।

यस्तै बागलुङको बडिगाड गाउँ पालिका कमिटीकाे अध्यक्षमा कमलराज आचार्य उपाध्यक्षमा डिन बहादुर केसी , सचिवमा झविन्द्र बुढा उपसचिवमा पार्वती घर्ती काउचा उपसचिवमा मीन कुमारी माझी र सदस्यहरूमा ५१ जना चयन भएका छन् ।

बागलुङको काँठेखाेला गाउँ पालिका कमिटीकाे अध्यक्षमा दिलबहादुर कार्की उपाध्यक्षमा नरबहादुर क्षेत्री सचिवमा तिलबहादुर खड्का उपसचिव राजु गाैतम उपसचिव उजेली शर्मा र सदस्यहरू ४१ जना अधिवेशनबाट निर्वाचित भएका छन् ।

ताराखाेला गाउँ पालिका गाउँ पालिका कमिटीकाे अध्यक्षमा
ऋषिराम राेका उपाध्यक्षमा पदम बहादुर खत्री सचिवमा दुर्गा बगाले उपसचिव यामबहादुर राेका उपसचिवमा हरिकला घर्ती र सदस्यहरू २७ जना निर्वाचित भएका छन् ।
निसीखाेला गाउँ पालिका कमिटीकाे अध्यक्षमा भुमिराज घर्ति उपाध्यक्षमा बेग बहादुर कुवँर ,सचिव लाेकेश्वर पाैडेल
उपसचिव रूपा पाैडेल र सदस्यहरू ३१ जना निर्वाचित भएका छन् ।

तमानखाेला गाउँ पालिका कमिटीकाे अध्यक्षमा गजेन्द्र छन्त्याल उपाध्यक्षमा लिल बहादुर पुन सचिवमा कुलबहादुर खत्री उपसचिव दिलमाया विक उपसचिवमा आ‌ेम बहादुर विक र २१ जना सदस्यहरू चयन भएका छन् ।

बरेङ गाउँ पालिका कमिटीकाे अध्यक्षमा झाेम बहादुर थापा उपाध्यक्षमा शेरबहादुर खनाल सचिवमा प्रेम प्रसाद पाैडेल
उपसचिवमा प्रदीप जंग श्रीस उपसचिवमा देवी क्षेत्री
र ३१ जना सदस्यहरू अधिवेशन बाट चयन भएका छन् ।