
बागलुङको निसिखोला गाउँपालिकामा भएको पिक अप दुर्घटना एक जनाको ज्यान गएको छ । मंगलबार साँझ निसीखोलाबाट बुर्तिबाङ बजार तर्फ आउँदै गरेको लु १ च ९४८० नम्बरको पिकअप भ्यान दुर्घटना हुदा १ जनाको ज्यान गएको हो ।
दुर्घटनामा नेकपा एमाले ढोरपाटन नगर कमिटी अध्यक्ष ४७ वर्षिय ऋतुवर्ण पौडेलको ज्यान गएको छ ।
दुर्घटनामा परि तिलोत्तमा नगरपालिका ७ रुपन्देहीका ३८ वर्षिय सुरेश थापा घाइते भएका छन् । दुर्घटनमा परेको पिकअप मृतक पौडेलकै भएको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी इकवाल हवारीले बताउनु भयो । घटनाको कार खुलिनसकेको हवारीले बताउनु भयो ।









