तत्कालीन जिल्ला न्यायाधीश भुवन गिरिलाइ ७ बर्ष कैद ३ लाख जरिवाना

-


     हिडन खबर    
     जेठ २८ गते २०८१ मा प्रकाशित


काठमाडौ / पीडित आरती रावल गिरिले न्याय को लागि सडक संघर्ष गरी रहँदा सम्मानीत सर्वोच्च अदालतले २०८०\१०\२१ गते बलात्कारी न्यायाधीश भुवन गिरी लाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

गिरिलाई थुनामा पठाए लगतै काठमाडौं जिल्ला अदालत काठमाडौंले २०८१\०२\१३मा न्यायाधीश भुवन गिरी लाई दोषी ठहर गरेको थियो ।

आज सजाय निर्धारणको पेशीमा आज पुर्ब न्यायाधीश भुवन गिरी लाई सात बर्ष कैद र ३ लाख रूपैयाँ जरिवाना भराउने निर्णय जिल्ला न्यायाधीश दुर्गा बहादुर भुसालको
इजलासले गरेको छ ।

पीडित आरती रावल गिरिले आफु माथि पटकपटक तत्कालीन न्यायाधीश भुवन गिरि बाट बलात्कार भएको भन्दै कानुनी कार्वाहीकाे माग गर्दै माइतीघर मण्डलामा धर्ना अनशन पटकपटक आन्दोलन देखि न्यायलयकाे ढाेका धकधकाउने काम गरेको कारण न्याय पाउन सफल भएका छन् ।