गजल = कल्पना मगर

-


     हिडन खबर    
     जेठ २६ गते २०८१ मा प्रकाशित


मेरो जिन्दगीमा उनले गरेको घुमफिर कस्ले देख्यो र
मुटु टुक्राएर निस्किए सि  मुटुको चिर कस्ले देख्यो र

बाहिर हासेको , रमाएको खुसी देखेर दुनियाँ जल्छन्
भित्र मनमा सल्किएको आगो झै पिर कस्ले देख्यो र

हिजो संसार घुमे झै, चुली चुमेझै आभाष गराएको उनले
आज उनकै कारण यो झुकेको मेरो शिर कस्ले देख्यो र

सबैले समतल र सुन्दर देखेका थिए हाम्रो प्रेमको परिवेश
बिडम्बना,  हाम्रो प्रेम लडाउने कठिन भिर कस्ले देख्यो र

शान्त,सालिन र निर्दोष देखिने ती नयन र अनुहार बाट
म माथी प्रहार भैइरहेको  धोकाको  तिर कस्ले देख्यो र?