
लायन्स क्लव अफ धौलागिरी बागलुङ ,लायन्स क्लव अफ बागलुङ युनियन ,नेपाल परिवार नियोजन संघ बागलुङ शाखा र काठेखोला गाउँपालिका वडा नम्वर ७ रेश वडा कार्यलयको संयुक्त आयोजनमा बागलुङ जिल्ला काठेखोला गाउँपालिका वडा नम्वर ७ रेशमा निःशुक आँखा परीक्षण तथा प्रजनन् स्वास्थ्य शिविर (भिआइए क्याप्प) सम्पन्न भएको छ ।
प्रजनन् स्वास्थ्य शिविरमा ७९ जना महिलाहरुले सेवा लिएका थिए । स्टाफ नर्स आस्था केसी नेतृत्वको टोलिले सेवा दिएका थिए । शिविरमा २ सय ५२ जनाको आँखा परीक्षण गरिएकोमा ४ जनालाई मोतिया विन्दु भएकोले यही चैत्र २६ गते धौलागिरि आँखा अस्पतालमा शल्लेक्रियाको लागि बोलाइएको छ ।
नेत्र सहायक गणेश महतो र सरिता शर्माले आँखा परीक्षण गरेका थिए । कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बि वान नेपालका जिएमटी एरिया कोडिनेटर एमजेएफ काजिमान गुरुङ,काठेखोला गाँउपालिका वडा नम्वर ७ का वडा अध्यक्ष प्रेम लामिछाने, नेपाल परिवार नियोजन संघ बागलुङ शाखाका अध्यक्ष निर्माण कुमार श्रेष्ठ, रेश नुन्थला माध्यामिक विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापा,लायन्स क्लव अफ धौलागिरि बागलुङका अध्यक्ष ताल बहादुर कुँवर लगाएतका बक्ताहरूले सामाजिक सेवाको क्षेत्रमा गरिने यस्ता खालका कार्यक्रमले गाउँ गाउँका जनतालाई सहयोगी हुने धारणा राखेका थिए ।
कार्यक्रम लायन्स क्लव अफ धौलागिरि बागलुङका अध्यक्ष ताल बहादुर कुँवरको अध्यक्षता, लायन्स क्लव अफ बागलुङ युनियनका अध्यक्ष बलराम गौतमको स्वागत र लायन्स क्लव अफ धौलागिरि बागलुङका सचिव राजेश भारीको संचालनमा सम्पन्न भएको थियो ।












