फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्सले शुल्क समायोजन गर्न ध्यानाकर्षण पत्र सिटिइभिटिमा बुझायो

-


     हिडन खबर    
     जेठ २२ गते २०८१ मा प्रकाशित



काठमाडौं ,जेठ २ फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका महासचिव निर्मल सापकोटाले प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिसर सिटिइभिटिमा शुल्क समायोजन बारे ध्यानाकर्षण पत्र बुझाउनुभएकाे छ ।

प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिसर बाट
सम्बन्धन लिइ निजी स्तरमा संचालित स्वास्थ क्षेत्रका विभिन्न बिषयका मापदण्डअनुसार जम्मा ४० सिट भर्ना क्षमता मध्य ४ (१० प्रतिशत ) निशुल्क छात्रवृत्ति उपलब्ध गराइ बाकी रहेको ३६ सिटमा भर्ना हुने बिद्यार्थीहरूबाट लिने शुल्कमा एकरूपता ल्याउन शैक्षिकसत्र २०६८ बाट प्रमाणपत्र तहकाे नर्सिङ तर्फ ३ लाख ९६ हजार मात्र सामान्य चिकित्सा तर्फ ३ लाख ४८ हजार ९ सय ९८ रूपैयाँ तथा डिप्लोमा इन फार्मेसी तर्फ २ लाख ५८ हजार १ सय २८ रूपैयाँ मात्र शुल्क निर्धारण गरि लागु गरिएकोमा समय सापेक्ष शुल्क समायोजन गर्ने क्रममा उल्लेखित कार्यक्रमहरूकाे शुल्क शैक्षिकसत्र २०७१ सालमा समायोजन गरि ४ लाख ७५ हजार मात्र सामान्य चिकित्सा तर्फ ४ लाख ४ हजार डिप्लोमा इन फार्मेसी तर्फ ३ लाख ३७ हजार ८ सय लागु गरि साेही शैक्षिकसत्र देखि लागु गरिएको उल्लेख गरिएको महासचिव सापकोटाले ध्यानाकर्षण पत्रमा जानकारी गराउनु भएको छ ।

शुल्क सम्बन्धि ब्यवस्थालाइ हरेक दुई दुई बर्षमा समय सापेक्ष समायोजन गर्दै लैजाने भनि निर्णय भएको भनि सार्वजनिक सुचना तथा कार्यान्वयनकाे लागि परिपत्र समेत गरिएको भएता पनि उल्लेखित बिषयमा शुल्क समायोजन हुन नसकेको भनेर भनिएको छ ।

२०७१ सालदेखि २०८१ सालसम्म ११ बर्ष सम्म हरेक क्षेत्रमा महंगी बढेको अनुपातमा शुल्क समायोजन गर्न परिसद र कार्यालय समक्ष पटकपटक अनुरोध र प्रयासपछि २०८० असार २९ गते सार्वजनिक सुचना मार्फत
शुल्क बृद्वि गरि नर्सिङमा ६ लाख २४ हजार २ सय ३० रूपैयाँ समान्य चिकित्सामा ५ लाख २३ हजार ८ सय २० रूपैयाँ डिप्लोमा इन फार्मेसीमा ४ लाख २३ हजार ६ सय ६० रूपैयाँ हुने गरि लागु गरिएकाे तर दुर्भाग्यवश श्रावण ४ गते सराेकारवाला पक्षसँग छलफल गरि शुल्क कार्यान्वयन गर्ने भनि शुल्क समायोजन स्थगन गरिएको भदौ १गते सुचना प्रकाशित गरि शुल्क समायोजन रद्द गरिएको भनिएको छ ।

प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिसरले सराेकारवाला पक्षसँग छलफल गरि पुनरालाेकित शुल्क लागु गर्ने भनिएता पनि आजसम्म कुनै छलफल गरिएको जानकारी प्राप्त नभएको हुदा अबको ३ हप्ता भित्र सराेकारवाला संग छलफल गराइ साे शुल्क कार्यनयन गरिदिनुहुन अनुरोध गर्दै २०८१ असार १२ गते फाेरम फर हेल्थ एण्ड टेक्निकल साइन्सले पत्रकार सम्मेलन मार्फत
सिटिइभिटि २०८० असार २९ गतेको सार्वजनिक सुचना अनुसारकाे शुल्क कार्यान्वयनकाे घाेषणा गर्न बाध्य हुने भनेर ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

सराेकारवाला निकायले यसलाई हलका रूपमा लिएर माग पुरा नगरेको खण्डमा अगाडि बढ्न बाध्य हुने महासचिव सापकोटाले बताउनुभयो ।

कार्यक्रममा सिटिइभिटिका उपाध्यक्ष खगेन्द्र अधिकारी सदस्य सचिव महेश भट्टराई फाेरम फर हेल्थ टेक्निकल साइन्सका अध्यक्ष नेत्रराज चटाैट काठमाडौं उपत्यकामा रहेका ३० वटा कलेजका संचालकहरूकाे उपस्थिति रहेको थियो ।