‘विश्वकपमा गएको नेपाली टिमलाई प्रधानमन्त्रीकाे सफलताको शुभकामना

-


     हिडन खबर    
     जेठ २२ गते २०८१ मा प्रकाशित


काठमाडौ /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिश्व कप क्रिकेट खेलका लागि गएको नेपाली खेलाडी टिमलाई
शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको बताउनुभएको छ ।

देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। मेरो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको धारणा समेत ब्यक्त गर्नुभएको छ।

सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुँदैछ। मेरो विश्वास छ– विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनेछ, नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ। उत्कृष्ट प्रदर्शनका लागि नेपाली टिमलाई मेरो हार्दिक शुभकामना छ भनेर भन्नुभएको छ ।