
गुनासो तिमी लाई के गर्नु विस्वस नै टुटे पछि ।
आँखा जुधेर के भयो मनको भावना लुके पछि ।
आँसु झरेर के भयो भित्री मन नै दुखे पछि ।
बिस्वास कस्को गर्नु यहाँ आफ्नैले घात गरे पछि ।
साथ कस्को चाहियोर एक्लै जङ्हार तरे पछि ।
शिर उठाएर के गर्नु हेर्ने नजर झुके पछि ।
घाउमा मलम लगाएर के गर्नु जब भित्री मन नै दुखे पछि ।
सम्झि किन रुनु र तिमी आफैँ नै टाढा भए पछि ।
आफ्नो कस्लाइ भन्नू र तिमी नै पराइ भए पछि ।
गुनासो तिमी लाई के गर्नु विस्वस नै टुटे पछि ।
जोढ्न कहाँ सकिन्छ र माटोको भाडो जस्तै गरि फुटे पछि ।












