गजल :- भगवान

-


     हिडन खबर    
     जेठ १९ गते २०८१ मा प्रकाशित


एउटा मरेको मन उठाउन मिल्ने गल दिनु है!
थाकेको शरीरलाई तिर्खा मार्ने जल दिनु है !!

दिनभरी जो पसिना बगाउछ उ रातमा भोकै!
कम्तीमा दुखिलाई परिश्रमको फल दिनु है!!

हजारौं समस्यामा झेलिएर प्राण त्याग्छ मान्छे !
मर्ने बेला यी समस्याहरुको सबै हल दिनु है!!

परिस्थितिको नाममा धोका दिन्छन् मान्छेहरु!
अभागीलाई कम्तीमा पनि आत्माबल दिनु है !!!

कल्पना मगर