समाजवादी प्रेस संगठनकाे प्रथम विस्तारित बैठक काठमाडौंमा सम्पन्न

- सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रित हुनु जरुरी: पुर्व प्रधानमन्त्री झलनाथ खनाल

-


     राजेशचन्द्र राजभण्डारी    
     चैत्र १२ गते २०७८ मा प्रकाशित


काठमाडौं/नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट पत्रकारकाे संगठन समाजवादी प्रेस संगठन नेपालकाे प्रथम विस्तारित बैठक काठमाडौंको बानेश्वरमा रहेको अर्पण ब्याङकेटमा सम्पन्न भएको छ ।

पुर्व प्रधानमन्त्री एंवम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका बरिस्ठ नेता झलनाथ खनालले सबै शक्ति स्थानीय निर्वाचनमा केन्द्रित भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा प्रतिगमनकारी शक्ति लाई परास्त गर्नका लागि शक्ति देखाउने बेला आएको बरिस्ठ नेता खनालले बताउनुभयो ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका विनाेद ढुंगेल बरिस्ठ पत्रकार किशोर श्रेष्ठ मुद्दामा आधारित पत्रकारको हकहितको पक्षमा श्रमजीवी पत्रकारले पाउनुपर्ने न्युनतम पारिश्रमिकका मुद्दालाई सम्बाेधन गर्ने काममा समाजवादी प्रेस संगठनकाे भुमिका जबर्जस्त रूपमा हुनसकेको खण्डमा मात्रै संगठन ठिक हुने धारणा राखेका थिए ।

३ वटा संविधान फेरिए तर संचारका ऐन कानुन भने पुरानो नै रहेको हुदा यसमा आमूल परिवर्तन गर्न जरुरी भएको हुदा अब यसमा बिचार गर्ने बेला आएको धारणा बक्ताहरूले राखेका थिए । पत्रकारले हिजोको दिनमा भाेगेका काम कुरालाई मनन गर्दै समाजलाई फाइदा हुने खालको समाचार लेख्न जरुरी रहेको हुदा यसबारे अब सबै सचेत हुनुपर्ने धारणा कार्यक्रममा राखेका थिए ।प्रतिगमन बिरूद्व आवाज उठाइ रहदा त्यसको प्रवृत्ति लाई अन्त्य गर्न सकेमात्र सफल भएको मानिने धारणा राखेका थिए ।

समाजवादी प्रेस संगठनका अध्यक्ष सम्भु श्रेष्ठकाे अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विश्वमणि सुवेदीकाे स्वागतमा र महासचिव भुपराज खड्काकाे संचालनमा सम्पन्न भएको थियोे ।

बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको पुर्व संन्ध्यामाएकीकृत समाजवादी निकट पत्रकारहरूकाे बिस्तारित बैठकलाई अर्थ पुर्ण रूपमा हेरिरहेको छ ।