कालिका सापकोटाको नेतृत्वमा बन्यो अखिल नेपाल महिला संघ बागलुङ

-


     हिडन खबर    
     जेठ १३ गते २०८१ मा प्रकाशित


बागलुङ / नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बागलुङको अध्यक्षमा कालिका सापकोटा चयन भएकी छिन् ।

अनेमसंघ बागलुङको सातौं अधिवेशनले सापकोटाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा तुलसी क्षेत्री र सरस्वती खड्का परियार, सचिवमा पम्फा खड्का केसी, सहसचिवमा समीक्षा काउचा केसी र कोषाध्यक्षमा भावना खड्का चयन भएका छन् ।

जिल्ला कमिटीका सदस्यहरुमा ओजश्वी शर्मा (सरस्वती), तुलसी खड्‌का केसी, अनिता केसी, गितादेवी रिजाल, पुष्पा कुमारी क्षेत्री, चित्रकला थापा (शारदा), रुपा भण्डारी, मनिता खड्‌का, राधा कुमारी सुवेदी दंगाल, सिर्जना थापा, रुम कुमारी भण्डारी (रिता), सरिता सुनार, हरिकला घर्ती, केशमाया छन्त्याल, गंगा थापा, तुलसरा बिक, सिता पौडेल, सावित्री भुसाल, धनमाया बिक, नरी नेपाली, दिलमाया क्षेत्री बिक, पहेली थापा, चन्द्रकला थापा, चन्द्रकला घर्ती, हिरादेवी शर्मा सर्वसम्मत भएका छन् ।