सरकारकाे विकल्प खाेज्ने

-


     हिडन खबर    
     जेठ ८ गते २०८१ मा प्रकाशित


बागलुङ / नेत्र बिक्रम चन्द निकट नेपाल कम्युनिस्ट पार्टी बागलुङले सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरेर समसामयिक बिषयमा आफ्नो धारणा प्रस्तुत गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीकाका पाेलिट ब्युराे सदस्य आजादले अन्तर्राष्ट्रिय परिस्थिति राष्ट्रिय परिस्थिति आगामी दिनमा यो सरकार कसरी चलिरहेको छ यसको विकल्प के हुन सक्छ भन्ने बारे चर्चा गरेका थिए ।

अहिले वर्तमान राजनीति परिस्थितिका कारण युवाहरू बिदेशीन बाध्य हुने जनतामा एक प्रकारको निराशा छाइरहेकाे कारण नयाँ उडाइरहेका पार्टीहरू आकर्षित हुन खाेजे पनि माआ‌ेवादीमा ठूलो त्याग तपस्या गरेको नेताहरू बाकी रहेको हुदा अहिले निराशा हुनुपर्ने अवस्था नभएको नेता आजादले बताए ।

नेपालमा आन्दोलनहरू कसरी बिकसित भएर गए भन्ने बारे जनतालाई बुझाउदै ति शक्तिहरूलाई गाेलबन्द गर्न जरुरी रहेको नेपालमा अहिले पनि ४ वटा वर्गहरू कायम रहेको ४ वटा मित्र शक्ति , र ६ वटा समुदाय रहेको बताएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी बागलुङको बैठक पछि ८ बिषयमा विभिन्न निर्णय गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।बैठकले समाजवादी माेर्चा लाइ पालिका स्तरमा बिस्तार गर्ने ,उत्पादन सहितको क्रान्तिलाई जिल्लाकाे सापेक्षतामा बिभिन्न उत्पादन मुलक कार्य गर्ने ,बिद्यामन्दिरका छात्रा दिलिसा भण्डारीकाे रहस्यमय मृत्युु प्रकरणमा पार्टी गम्भीर रहेको धारणा समेत प्रेस विज्ञप्ति मार्फत  सार्वजनिक गरेको छ ।