
बागलुङ / बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष केवी रानामगरले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
यहीँ पाैष २८ गते भएको अधिवेशन बाट खानेपानी संस्थाका अध्यक्षमा निर्वाचित भएका रानामगरले आफ्नो कार्यकालमा खानेपानीका आम उपभोक्ता लाई २४ घण्टा सफा शुद्व पानी खुवाउने उदेश्यका साथ आएकोमा अहिले संस्था भित्र बाटै काम गर्ने वातावरण नभएको कारण देखाएर राजीनामा पेश गरेका छन् ।
संस्था भित्रका केही मित्रहरूले संस्थाकाे भावना बुझ्न नसकेको कारणले आम उपभोक्ता लाई सफा शुद्व खानेपानी खुवाउन बाढा अड्चन देखापरेको यसले समितिका पदाधिकारी र कर्मचारीलाई समेत समस्या देखिएको कारण राजीनामा दिएको अध्यक्ष रानाले बताएका छन् ।
अध्यक्ष राना मगरले अध्यक्ष पदबाट राजीनामा दिएको पत्र संस्थामा प्राप्त भएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष हरिबहादुर जीसी सन्ताेषले बताए ।
पाैष २८ गते भएको अधिवेशन बाट निर्वाचित भएका खानेपानी संस्थाका अध्यक्ष रानाले बागलुङ नगरपालिका भित्रका आम उपभोक्ता लाई ठूलो बाचा गरि खानेपानी संस्थामा भएको ढिलासुस्ती हटाउने शुद्व खानेपानी खुवाउने
लगायतका थुप्रै प्रतिबद्धता जनाएका थिए ।खानेपानीमा नयाँ कार्यसमिति निर्वाचित भएर आएपछि अध्यक्ष र अन्य पदाधिकारी बिच सहमति सहकार्य राम्रोसँग नहुदा खानेपानीका विवाद सतहमा आउने गरेको थियोे ।









