
बागलुङ ।फुर्सै बराहताल सामाजिक संस्थाले अग्नी पीडितलाई राहत स्वरूप नगद सहयोग प्रदान गरेकाे छ ।
बागलुङ जिल्ला तमान खाेला गाउँ पालिका वडा नम्बर २
सिल्गुम सामुदायिक बनमा लागेको आगलागी नियन्त्रण गर्न जाँदा मृत्यु भएका आगलागीमा परि घाइते भएका ब्यक्ति लाइ राहत स्वरूप सहयोग गरेको संस्थाले जनाएको छ ।
आगलागीबाट घाइते भएका प्रेमबहादुर घर्ती मगर र ज्ञान बहादुर बुढामगर लाइ ३ लाख १७ हजार ४ सय ५६ रूपैयाँ
नगद उपचारको लागि सहयोग गरेको मृतका परिवारलाई ७५ हजार आगलागीबाट घर क्षति भएका रामबहादुर विक लाई २५ हजार बराबरको सहायता सहयोग गरेको तमान खाेला १ निवासी हिमानी अर्गजाकाे उपचारको लागि २५ हजार सहयोग गरेको संस्थाले जनाएको छ ।










