उद्योग वाणिज्य संघको पहलमा निसी र तमानका अग्नी पिडितलाई राहत वितरण

-


     हिडन खबर    
     जेठ ४ गते २०८१ मा प्रकाशित


बागलुङ उद्योग वाणिज्य संघको पहलमा जिल्लाको तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाका अग्नी पिडितलाई राहत सामग्री वितरण गरेको छ ।


कालीका भगवती गुठी र विभिन्न व्यवसायीहको सहयोगमा संकलन भएको खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको हो। बागलुङ उद्योग वाणिज्य संघको सचिवालयमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यको रोहवरमा संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य र महासचिव ऋषिराम गौतमले निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्ति, तमानखोला गाउँपालिकाका उपाध्यक्ष हिरा कुमारी छन्त्याललाई हस्तान्त्रण गर्नु भएको थियो ।

त्यस्तै नेपाल रेडक्रश सोसाइटी बागलुङ शाखाले त्रिपाल लगाएतका सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री विभिन्न समयमा भएको आगलागि पिडितलाई परिवारलाई हस्तान्त्रण गरिने पालिकाले जनाएकाे छ ।