गुणस्तर तथा नापतौल कार्यालय पोखराको डोरटोली बागलुङमा

-


     हिडन खबर    
     जेठ ३ गते २०८१ मा प्रकाशित


बागलुङका व्यावसायीले आफ्ना नापतौलका सामग्री परीक्षण गराएका छन् । उद्योग वाणिज्य संघ बागलुङको संयोजनमा नापतौल कार्यालय पोखराका प्रतिनीधिहरुको रोहबरमा नापतौलका सामान पुनः प्रमाणित गरिएको हो ।

जिल्लाका व्यवसायीले बागलुङ उद्योग वाणिज्य संघको सचिवालयमाआफ्नो नापतौलका तराजु, ढक र कपडा व्यवसायीले आफ्नो कपडा नाप्ने ‘गज’ ठीक भएको प्रमाणित गराएका छन् ।

जेठ १बाट सुरु भएको नापतौलका सामग्री परिक्षण शिबिर बिहिबार सम्मको लागि आयोजना गरिएको भएपनि समय १ दिन थप गरिएको हो ।

जिल्लामा नाप तौलको कार्यालय नहुँदा हरेक उद्योग तथा व्यवसायीहरु पोखरासम्म पुगेर आफ्ना नाप तौलका सामग्री चेकजाँच तथा नवीकरण गर्नुपर्ने बाध्यता रहेकोले व्यवसायीको सहजताको लागि संघले गुणस्तर तथा नापतौल कार्यालय पोखराबाट डोरटो बोलाई व्यवासायीहरुको सहजताको लागि सहजिकरण गरेको बागलुङ उद्योग वाणिज्य संघले जनाएको छ ।

नापतौलका सामाग्रीहरु जाँच गर्न डोरटोली जिल्लामा आएको समयको सदुपयोग गर्न संघले आग्रह गरेको छ । पुराना दर्तावाला व्यवसायीहरुले आफ्नो उद्योग व्यवसायमा प्रयोग गरेका नापतौलका सामाग्रीहरु र पुरानो अनुज्ञा पत्र तथा नयाँ नापतौलका सामान खरिद गरिएको हकमा नापतौलका सामाग्री सहित खरिद बिल लिएर आएको खण्डमा शुक्रबार पनि सेवा लिन सकिने छ ।