ढोरपाटनमा बोलेराे जिप दुर्घटना

-


     हिडन खबर    
     जेठ २ गते २०८१ मा प्रकाशित


बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ५ मस्तीमा बोलेरो जिप दुर्घटना भएको छ ।

ग २ च २३१४ नम्बरको बोलेरोजिप बुर्तिबाङ बाट वडा नं ५ को चौर जानेक्रममा उकालोमा पानि परेको कारण चिप्लियर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक राज कुमार वि.कले बताउनुभयो ।

घाईतेको उद्धार गरेर उपचारको लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको निरिक्षक वि.कले बताउनुभयो । घाईतेको संख्या एकिन नभएको र घाईते सबै सामान्य रहेको प्रहरी निरिक्षक वि.कले बताउनु भयो ।