
चैत्र ६ गते आइतबार बिहान १० बजे देखि काठेखोला गाउँपालिका-७ रेशबाट हराएका दुई बालक भेटिएका छन् ।
आइतबार बिहान घरबाट बिद्यालय जान हिँडेका बालक द्वय बिद्यालय नपुगी बाटोमै पर्ने एक पसलमा झोला राखेर बेपत्ता भएका थिए ।
साविक रेश गाविस वडा नम्बर-७, नुन्थलामा रहेको रेश नुन्थला माद्यामिक बिद्यालयमा कक्षा ८ मा अध्ययनरत बालकहरु काठमाडौंको बागबजारमा रहेको होटल लुम्बिनी एण्ड तन्दुरी रेस्टुरेन्टमा भेटिएका हुन ।
बालक कसरी पुगे काठमाडौं !
रेशका राम बहादुर थापाका १५ वर्षीय छोरा बिष्णु थापा र सोही स्थानका उनका साथि अम्मर बहादुर थापाका १६ वर्षीय छोरा आशीस थापा चैत्र ६ गते घरबाट खाना खाएर बिद्यालय जान हिँडे तर बिद्यालय नै नपुगि स्थानीय मदन कार्की पसलमा एकछिन आउँछौं भनेर झोला राखेर गएको मदन कार्कीलाई उद्रित गर्दै थापाका बुबा राम बहादुर थापाले हिडन खबरलाई बताउनुभयो ।
बिहान १० बजे रेशबाट हिडेका उनिहरु पैदलयात्रा मै बागलुङ बजारमा आए तर उनीहरू सँग पैसा भने नभएको तर आशिष सँग छ महिना अगाडि १५ हजारमा किनेको रियलमी कम्पनीको स्मार्ट फोन भने थियो । पैसा अभाव भएपछि बागलुङ बजारको एक मोबाइल पसलमा उक्त फोन ५ हजारमा बेचेर ६ गतेको रात्रि बसमा काठमाडौं गएको बुझिएको छ ।
बिहान ६ बजे काठमाडौंको बागबजारमा पुगेका द्वय सँग उक्त मोबाइल बेचेर राखेको पैसा सकिसकेको थियो । बागबजारमा काम खोज्दै उक्त होटलमा पुगेको र कामगर्ने भनेपछि काममा लगाएको होटलका सञ्चालकको भनाइ रहेको छ ।
यता बागलुङमा हिडन खवर लगायतका विभिन्न सञ्चारमाध्यमहरुमा बालकहरु हराएको खबरहरु प्रकाशित भए सँगै काठमाडौंमा सरोबर नेपालको पहलमा उनिहरुलाइ परिवार सँग सम्पर्क गराएको देख्नुहुने युवा दिलिप कंडेलले हिडन खबरलाई बताउनुभएको छ ।
यो समाचार तयार पारिरहँदा सम्म १५ वर्षीय बिष्णु थापालाई परिवारको जिम्मा लगाइएर घर पठाइएको छ तर अर्का बालक आशिष थापा भने घर फर्कन नमानेको र काठमाडौं बागबजारमा रहेको होटल लुम्बिनी एण्ड तन्दुरी रेस्टुरेन्टमा काम गरिरहेकाे होटलका सञ्चालन केशव न्यौपानेले बताउनुभयो । “हामिले एकजना बालकलाई परिवारको जिम्मा लगाएका छौं” न्यौपानेले हिडन खबर सँगको सम्पर्कमा भने ” हर्का बालक आशिष भने घर जान नमानेको र परिवार लिन नआएकाले मेरो होटल मै काम गरिरहेका छन् , परिवार आएपछि पठाउने छौँ”
यता १५ हजार भन्दा बढि मुल्यको मोबाइल बालकहरू सँगबाट ५ हजारमा किन्ने मोबाइल पसल उपर परिवारको उजुरीको आधारमा खोजि गरिने जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायब निरिक्षक इकवाल हवारिले बताउनुभयो ।









