उच्च अदालतद्धारा सन्दीप लामिछाने निर्दोष ठहर

- संदिप लामिछाने बिश्व कप क्रिकेट खेल्ने बाटो खुला

-


     हिडन खबर    
     जेठ २ गते २०८१ मा प्रकाशित


काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई  उच्च अदालत पाटनले  निर्दोष ठहर गरेको छ ।बुधबार उच्च अदालत पाटनले सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ गर्दै  जिल्ला अदालत काठमाडौंले यसअघि गरेको फैसला बदर गरेको हो। 

उच्च अदालत पाटनमा मंगलबारदेखि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले उनमाथि लागेको आरोप बदर गर्दै खेलमा लागेको प्रतिबन्ध फुकुवा गर्ने आदेश दिएको छ। 

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलामा चित्त नबुझाएपछि सरकार र लामिछाने दुवै उच्च अदालत पाटनमा पुनरावेदनका लागि गरेका थिए।

बिश्व कप क्रिकेट खेल्ने बाटो लामिछानेको लागि खुलेको छ
नेपाली क्रिकेट खेलाडी मध्य लामिछाने बिश्व मै चर्चित खेलाडीको रूपमा परिचित छन् ।
लामिछाने निर्दाेष भएको भन्दै उनको समर्थनमा दिनहुँजसो सयौंले नारा जुलुस गरेर राजधानीमा प्रदर्शन गर्दै आएका थिए ।