बागलुङ/ट्राफिक सप्ताहको अन्तिम दिन सोमबार धौलागिरि अस्पताल बागलुङको समन्वयमा ट्राफिक प्रहरीहरुको स्वास्थ्य जाँच गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालय बागलुङ र मातहतमा रहेका ट्राफिक विटमा कार्यरत १७ जना ट्राफिक प्रहरीको स्वास्थ्य जाँच गरिएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख सुमन निउरेले बताउनुभयो ।
बढ्दो जनघनत्व र सवारी चापले अव्यवस्थित बनेको बागलुङ बजारमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न अहोरात्र खट्ने ट्राफिक प्रहरीको स्वास्थ्य चुस्त राख्न धाैलागिरि अस्पताल बागलुङको समन्वयमा सुगर, पिसाब जाँच र इसिजी गरिएको हो ।