नेपाल शिक्षक संगठनले बागलुङ नगरपालिकामा बुझायो ध्यानाकर्षण पत्र

-


     हिडन खबर    
     वैशाख ३० गते २०८१ मा प्रकाशित


बागलुङ /नेपाल शिक्षक संगठनले बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाल शिक्षक संगठनका अध्यक्ष गंगा शर्मा सहितको शिक्षक संगठनका टाेली बागलुङ नगरपालिकामा पुगेर अहिले भइरहेको समसामयिक बिषयमा केन्द्रीत भएर नगर प्रमुख श्रेष्ठलाई उक्त पत्र बुझाएका हुन् ।

बागलुङ नगरपालिकाले शिक्षा क्षेत्रमा अपारदर्शी निर्णयहरु बागलुङ नगरपालिकाले हालसालै गरेको सामुदायिक बिद्यालय मर्ज, डाउन साइज, कक्षा स्थगन, तथा शिक्षक सरुवा र करार शिक्षक नियुक्तिमा गरेको अपारदर्शी तथा गैरकानुनी निर्णय बालबालिकाले शिक्षा प्राप्त गर्न पाउने नैसर्गिक हकको प्रतिकुलमा भएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको नेपाल शिक्षक संगठनका अध्यक्ष गंगा शर्माले बताउनुभयो ।

बिद्यालय शान्ति क्षेत्र हाे हरेक बालबालिकालाई भयरहित बाताबरणमा शिक्षा आर्जन गर्न पाउने संबैधानिक हक भएको शिक्षकहरु उनीहरुका पथप्रदशक हुन निर्भयतापुर्बक आफ्नो पेशा गर्न पाउनु शिक्षकहरुको नैसर्गिक अधिकार भएको अध्यक्ष शर्माले बताउनुभयो ।

बिडम्बना, नेपालको संबिधान २०७२ र शिक्षा ऐन २०२८ तथा ट्रेड युनियन ऐन २०४९ को दफा ४ को उपदफा १ बमोजिमले गरेको प्रबन्ध अनुरुप शिक्षकहरुले आफ्नो पेशाको हकहितको सुरक्षाको लागि संगठित हुन पाउने कानुनि हकको कुण्ठित हुने गरि आफुलाई स्थानीय जनप्रतिनिधि बताउने केहि अराजनीतिक व्यक्तिहरुले शिक्षक बिधार्थीहरुको गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने यी अधिकारहरु माथि अनावश्यक हस्तक्षेप गरि शिक्षक तथा प्र.अ. हरुलाई धम्काउने कार्य गर्दै आएकाे भने ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

बागलुङ नगरपालिकाले यहीँ शैक्षिकसत्र देखि लागु हुने गरि नगरपालिका भित्रका सामुदायिक बिद्यालयकाे मर्ज डाउन साइज कक्षा स्थगन लगायत गरेको भन्दै त्यसको सर्वत्र बिराेध हुदै आएको छ ।