
बागलुङ /सडक अनुशासन तथा सवारी दुर्घटना न्यनीकरण गर्नकाे लागि ट्राफिक सप्ताह २०८१ भन्ने नारा साथ शुरू भएको ट्राफिक सप्ताको छैठौं दिन बागलुङमा रक्तदान कार्यक्रम सम्पन्न भएको ।
जिल्ला ट्राफिक कार्यालय बागलुङले आयोजना नेपाल रेडक्रस साेसाइटी रक्तसञ्चार केन्द्र बागलुङको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालकाे प्रमुख अतिथि नेपाल रेडक्रस साेसाइटीका सभापति जगन्नाथ आचार्य जिल्ला प्रहरी कार्यालयका डिएसपी बिजय यादब काे सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख
ऋषिराम कडेल ,जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख
सुमन न्युरे सशस्त्र प्रहरी ,नेपाल प्रहरी ट्राफिक प्रहरी जवान
सामाजिक ब्यक्ति ब्यवसायी लगायले रक्तदान गर्नुभएको थियो ।रक्तदान गर्ने ब्यक्तिहरूलाइ प्रमाणपत्र प्रदान गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराम कडेलकाे अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियोे ।
हरेक बर्ष बागलुङ जिल्लामा विभिन्न कार्यक्रम गरि सप्ताह ब्यापी रूपमा जनचेतनामूलक ट्राफिक सप्ताह मनाउँदै आएको छ । ट्राफिक जनचेतना जगाउने कार्यक्रम अघिपछि पनि गर्दै आएको कारणले बागलुङ जिल्लामा सवारी दुर्घटनामा पहिलाको तुलनामा निकै कमि हुदै आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुमन न्युरेले बताउनुभयाे ।


















