जिन्दगी अब कि वार हुनेछ कि पार हुनेछ ।जे भए पनि तिमिसङगैको एउटा संसार हुनेछ ।

-


     हिडन खबर    
     वैशाख २३ गते २०८१ मा प्रकाशित


जुन झार्ने तारा झार्ने औकात छैन मसङ्ग
तर यो जीवनमा मात्र तिम्रो अधिकार हुनेछ ।

जस्ले पनि प्रयोग गर्न खोज्ने सस्तो भयो यो मन
अब मनको गेतमा छुट्टै एउटा भन्सार हुनेछ ।

रोकौला तिम्रो बचनका तिर यो मुटु ढुङ्गा बनाएर
मेरा सपना मात्र तिम्रो चाहना अनुसार हुनेछ ।

साथ तिम्रो रह्यो भने जुन सुकै पलमा
कहिलै नरितिने मायाले भरिएका धन्सार हुनेछ ।

                     भुपाल घर्ति मगर 
                    वडिगाड ७ बाग्लुङ