कास्कीको हेम्जामा बस दुर्घटना

-


     हिडन खबर    
     वैशाख १५ गते २०८१ मा प्रकाशित


कास्की / शुक्लागण्डकी नगरपालिका-११ बाट बागलुङ पञ्चकोट घुमेर फर्किएको ग १ ख ९२९७ नम्बरको बस हेम्जामा अनियन्त्रित भई दुर्घटना भएको छ ।

दुर्घटनामा परि बसमा सवार १६ जना यात्रु घाइते भएका छन् ।घाइतेहरूलाइ उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक नीलबहादुर खड्काले बसमा ३६ जना यात्रु सवार रहेको र १६ जना यात्रु घाईते भएको जानकारी दिए ।

घाइतेहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको उनले जानकारी दिए । घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।