बागलुङ सदरमुकाममा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनकाेराँके जुलुस गृहमन्त्रीको पुत्ला दहन

-


     हिडन खबर    
     वैशाख ९ गते २०८१ मा प्रकाशित


बागलुङ / राष्ट्रिय प्रजातन्त्र पार्टीकाे केही दिनअघि राजधानीमा भएको आन्दोलनमा प्रहरी दमन बाट ठाकुर प्रसाद डांगीकाे मृत्यु भएको घटनाको बिराेध गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनकाे आयोजनामा बागलुङ सदरमुकाममा राँके जुलुस सहित गृहमन्त्री रवि लामिछानेकाे पुत्ला दहन गर्या ।

बागलुङ बजारको बिभिन्न ठाउँबाट हातमा राँके जुलुस सहित ६० /६५ जना युवाहरूले सरकारले गरेको दमनकाे बिराेध गर्दै प्रदर्शन गरेको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य सुदीप गाैतमले बताउनुभयो ।

बागलुङको लाेकतान्त्रिक चाेक बाट विराेध प्रदर्शन गर्दै राँके जुलुस प्रदर्शन गर्दा प्रहरीले केही बलिरहेकाे राँकाे नियन्त्रणमा लिएका थिए ।कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको युवा संगठनले जनाएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रहरी दमन बाट मृत्यु भएका दागी लाइ प्रथम सहिद घाेषणा गरेको छ ।

राप्रपाले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।

राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएपछि राप्रपाका नेता तथा कार्यकर्ता सरकार संग आक्राेशीत हुदै सरकारका गृहमन्त्रीकाे माग गर्दै आएको छ ।