पर्यटन

चर्चित पर्यटकीय गन्तव्य बन्दै बागलुङको शालग्राम संग्रहालय

शालग्राम भन्नेबित्तिकै जो कोहीले पनि भगवान् विष्णु सम्झन्छन् र साक्षात्कार गर्न पुग्छन् । हिन्दु धर्मावलम्बीले शालग्रामको पूजा–आराधना गर्ने गरे पनि आजकल शालग्राम शिलाको संरक्षण अभावमा हराउँदै गएको अवस्थामा बागलुङमा संग्रह गरी शालग्राम सङ्ग्रहालय बनाइएको छ । बाघको मुखबाट छिरेर शालग्राम सङ्ग्रहालय अवलोकनको व्यवस्था मिलाइएपछि उक्त संग्रहालय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।बागलुङ नगरपालिका–४ कुँडुलेस्थित सङ्ग्रहालय धार्मिक पर्यटकीय क्षेत्रका रूपमा परिचित हुदै गएपछि संग्रहालय सबैको आकर्षण केन्द्र बन्न पुगेको छ । बागलुङको पहिचानसग जोडिएको बाघको मुखको आकृति निर्माणसगै सङ्ग्रहालयको चर्चा झनै… पुरा पढौ

कलात्मक बनाइँदै बागलुङ कालिका मन्दिर

गण्डकी प्रदेशकाे दाेस्राे ठूलो ब्यापारी केन्द्रकाे रूपमा रहेको प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरलाई कलात्मक बनाउन थालिएको छ । गुठी ब्यवस्थापन समितिले आफ्नाे लगानीमा भक्तपुरकाे तेलीए इट्टा ,कलात्मक काष्ठ कला र मन्दिरमा तामाकाे छाना प्रयाेग गरेर बनाउन शुरूवात गरेकाे छ । एउटा धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्र्दयतामा समस्या ल्याएको जनाउँदै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढङ्गले आफ्ना संरचना रुपान्तरण गर्न थालेको छ । कालिका मन्दिर सुधारको पञ्चवर्षीय रणनीतिक सुधार… पुरा पढौ

पर्यटन प्रर्वद्धनकालागि बागलुङ कालिका मन्दिरदेखि पोखरा बिन्धबासिनीसम्म साईकल र्‍याली

पर्यटटन प्रर्वद्धन पर्यावरण संरक्षणको लागि बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिरदेखि पोखराको विन्धवासिनी मन्दिरसम्म साइकल यात्रा गरिएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य संघ, कालिका भगवती गुठी,होटल व्यवसायी संघ,शालिग्राम संग्राहलय, जिल्ला साइकल एशोसियशनको व्यवस्थापनमा साइकल यात्रा गरिएको हो । गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारी केन्द्र बागलुङमा स्वदेशी तथा बिदेशी पर्यटक भित्र्याउने उदेश्यले बागलुङ कालीका मन्दिर देखि पोखराको धार्मिक गन्तव्य बिन्धबासिनी मन्दिरसम्म साईकल ¥याली आयोजना गरिएको छ । करिव १ सय ५० साइकलयात्री बागलुङ कालिका मन्दिर… पुरा पढौ

पर्यटन अभियन्ता कृष्ण केसीले सुरु गरे ‘धौनिढोका’ अभियान

पर्यटन अभियन्ता कृष्ण केसीले बिहीबारबाट धौनिकढोका अभियान सुरु गरेका छन् । ११ असोजमा पर्ने ४२ औं विश्व पर्यटन विषयको सन्दर्भ पारेर धौलागिरी क्षेत्रलाई प्रवद्र्धन गर्न योजना थालिएको हो । धौलागिरी, नीलगिरी, ढोरपाटन र कालीगण्डकी अर्थात् धौनिढोकालाई जोड्ने गरी धौलागिरी वातावरणमैत्री पर्यटकीय चक्रपथ बनाउने उद्देश्यले अभियान थालिएको हो । केसीले बिहीबार पोखरा ३१ बेगनास तालदेखि ढोरपाटनसम्म साइकल यात्रा सुरुआत गरे । केसीलाई बागलुङ समाज पोखराले एक कार्यक्रम गरी शुभकामनासहित बेगनासतालबाट बिदाइ गरेको छ । पर्यटन प्रवर्तनका लागि सगरमाथा आरोहण गरिसकेका केसी… पुरा पढौ

चन्द्रागिरिमा बन्यो बन महालक्ष्मी जेष्ठ नागरिक पार्क

राजेशचन्द्र राजभण्डारीकाठमाडौ राजधानीमा जनघनत्व बढे संगै भएको सार्वजनिक जग्गा एकपछि अर्को अतिक्रमण गरि सार्वजनिक जग्गा सकिदै गइरहेको समयमा चन्द्रागिरि नगरपालिकाले भने सार्वजनिक जग्गा संरक्षण गरि त्यसको सदुपयोग गरि सुविधासम्पन्न पार्क निर्माण गरेपछि यश क्षेत्रकाे मुहार समेत फेरिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा बन महालक्ष्मी जेष्ठ नागरिक पार्क निर्माण भएपछि पार्क यतिबेला सबैको राेजाइमा परेको छ ।आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने उदेश्यले रमणीय पार्क निर्माण भएपछि यहाँ चहलपहल शुरू भएको छ । पार्क बनेपछि यश क्षेत्रका बासिन्दालाई… पुरा पढौ

सुनपानीदेखि प्रसिद्ध घुम्टे लेक चढ्ने पदमार्ग सर्वे ।

सुरेश छन्त्याल बागलुङकाे गलकाेट नगरपालिका १० अन्तरर्गत सुनपानी देखि प्रसिद्ध घुम्टे लेक चढ्ने पदमार्ग निर्माणका लागि सर्वे गरिएको छ। गलकाेट नगरपालिकाबाट प्रधानमन्त्री स्वराेजगार कार्यक्रम अन्तर्गत रु ५ लाख बजेटबाट सुनपानीदेखि घुम्टे लेकसम्म जाने पदमार्ग मध्य गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा सचिव ठाकुर तिमिल्सिना, सव इन्जिनियर पवन वली, टाेल विकास संस्था सुनपानीका अध्यक्ष गंगा घर्ती पुन, टाेल विकास संस्था सुनपानीका उपाध्यक्ष खगप्रसाद घर्ति, घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च पाण्डबखानीका सचिव दिप घर्ती, पत्रकार सुरेश छन्त्यालकाे टाेलिले ७ सय मिटर बाटाेसर्वे… पुरा पढौ

सार्वजनिक शौचालय ब्यवस्थापन गर्दै बागलुङ नगरपालिका

बागलुङ सदरमुकाममा सार्वजनिक शाैचालय नभइ सर्वसाधारणले दिनहुँ कस्त भाेग्न बाध्य भइरहेको समयमाकाठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहको आव्हानमाबागलुङका एकजना ब्यवसायीले त्यसलाई साथ दिएर अगाडि बढेका छन् । बागलुङ नगरपालिकाले दुईवटा सार्वजनिक शाैचालय ब्यवस्थापन गर्ने योजना बनाएको छ । काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) साहको आह्वानमा साथ दिँदै निजी होटल, रेष्टुरेन्ट र निजी कार्यालयहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गर्न आाव्हान गरे संगै बागलुङमा समेत त्यसको प्रभाव परेको छ । जिम्मेवार नेपाली म भन्ने नारा साथ स्यातार ट्रेनिङ प्रालिले बागलुङ… पुरा पढौ

लायन्स क्लबको जनप्रतिनिधिलाई बधाई तथा सम्मान

बागलुङमा रहेको सामाजिक संस्थाले स्थानीय तहका जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेकाे छ । लायन्स क्लब अफ धाैलागिरि बागलुङ र लायन्स क्लब अफ बागलुङ सिटीकाे संयुक्त आयोजनामा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,बागलुङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष छमबहादुर कार्की ,बागलुङ नगरपालिका वडा नम्बर २ का वडा सदस्य अर्जुन घिमिरेलाई सदरमुकाममा एक कार्यक्रमका बिच बधाई तथा सम्मान गरिएको हाे ।लायन्स क्लब अफ धाैलागिरि बागलुङका पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठ बागलुङ नगरपालिकाकाे नगर प्रमुखमा बिजयी हुनु क्लबको लागि… पुरा पढौ

मुक्तिनाथ उडेको सिम्रिक एयरकाे हेलिकप्टर बागलुङमा माैसम सुधारकाे प्रतिक्षामा

बागलुङ ,जेठ ८ पाेखराबाट मुक्तिनाथ दर्शनका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङ सदरमुकाममा आकश्मिक अवतरण गरेको ।हेलिकप्टर अवतरण गरेको २ घण्टा अर्थात् ३ बजेर १० मिनेट जादा सम्म माैसममा सुधार नआएपछि बागलुङ सदरमुकामै बसिरहेको छ । मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पसकाे प्राङ्गणमा आकश्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । मुस्ताङमा माैसम सफा भएपनि बागलुङ सदरमुकाममा लगातार पानी परिरहेको कारणले उडानमा समस्या आएको… पुरा पढौ

कालीका भगवती मन्दिर लाई धार्मिक पर्यटकीय गन्तव्य बनाइ हजारौं पर्यटक भित्र्याउने = नगर प्रमुख बसन्त श्रेष्ठ

बागलुङ ।कालीका भगवती गुठी ब्यबस्थापन समितीले बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि लाई शनिबार मन्दिर परिसरमा एक कार्यक्रम बिच स्वागत तथा सम्मान गरेको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,नगर उप प्रमुख राजु खड्का र वडा अध्यक्ष लगायत वडा अध्यक्षहरूलाई खादा र फूल अबिर बाट स्वागत गरेकाे थियोे । बागलुङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य कालीका भगवती मन्दिर हजारौं पर्यटक भित्र्याउने केन्द्र भएको हुदा यसको विकासको लागि नगरपालिकाले कालीका भगवती गुठी ब्यबस्थापन संग… पुरा पढौ