पर्यटन

कालोपत्रे गरेको २ बर्ष बित्दापनि बागलुङ बलेवा बिमानस्थल संचालनमा आउन सकेन

बागलुङ /झण्डै दुई दशकदेखि बन्द रहेको बागलुङको बलेवा बिमानस्थल कालोपत्रे भएको दुई बर्ष बितिसक्दा समेत बिमानस्थल संचालनकाे गर्ने बारे कसैलाई चासो छैन । भएको बिमानस्थल संचालन नहुदा यतिबेला सुविधासम्पन्न बिमानस्थल प्रयोग बिहिन बन्न पुगेको छ ।बागलुङका जनप्रतिनिधिहरूले कालोपत्रे भएको बिमानस्थल संचालन गर्न नसकिरहेको समयमा धरानका मेयर भने बिमानस्थल बनाउन कम्मर कसेर लागेका छन् । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्रमा झण्डै दुई दशक देखि बन्द रहेको बागलुङको बलेवा विमानस्थलकाे धवन मार्ग कालोपत्रे गर्ने काम सम्पन्न भएकाे झण्डै दुई बर्ष बितिसक्दा सक्दा समेत विमानस्थल संचालनमा आउन… पुरा पढौ

औषधीय प्रयोगका लागि गाँजा खेतीलाई बैद्यता दिइने छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजामा रहेको औषधीय गुणको प्रयोगका लागि गाँजा खेती गर्न बैधानिकता दिनेगरी ऐन ल्याउने तयारी भैरहेकाे बताउनुभयो । तेस्रो जैमिनी महोत्सवको उद्घाटन गर्दै उहाँले आउँदो हिउँदे अधिबेशनले गण्डकी प्रदेशमा गाँजा खेतीलाई बैधानीकता दिने बताउनुभएको हाे । गण्डकी प्रदेशको आम्दानीको मुख्य स्रोत बनाउन सकिने गाँजाको खेतीका लागि कानूनी अड्चन रहेको भन्दै पाण्डेले गण्डकी प्रदेश सरकारले बैधानिकता दिन खोजेको बताउनुभयो । आयुर्वेदीक औषधि बनाउन गाँजाको प्रयोग अनिवार्य भएको भन्दै पाण्डेले यसको दुरुपयोग रोक्ने चुनौती सरकारलाई रहेको बताउनुभएको छ… पुरा पढौ

अभियानकै रूपमा मेला–महोत्सवहरू हुनु अर्थतन्त्रमा सुधारको प्रमाण होः प्रधानमन्त्री

सन्धिखर्क। प्रधानमन्त्री प्रचण्डले अघिल्लो वर्ष निजी क्षेत्र निकै ठूलो संकटमा रहेकोमा यस वर्ष क्रमशः सुधार र उत्साह थपिएको बताउनुभएको छ। सोमबार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अघिल्लो वर्ष आर्थिक संकटका कारण सार्वजनिक मेला महोत्सवहरू बिरलै देखिने गरेकोमा यस वर्ष अभियानकै रूपमा महोत्सवहरू हुन थाल्नु अर्थतन्त्र सुधारका दृष्टिले शुभसंकेत भएको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘अघिल्लो वर्ष यस्ता मेला–महोत्सवहरू बिरलै हुने गर्दथे। तर, यस वर्ष अभियानकै रूपमा मेला–महोत्सवहरू हुन थालेका छन्। विश्व बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाहरूले नेपालको अर्थतन्त्रमा राम्रो सुधार… पुरा पढौ

तेस्रो जैमिनी महाेत्सवकाे तयारी

सुजन आचार्य बागलुङ जिल्लाकाे दक्षिण क्षेत्र जैमिनि घाटमा लाग्ने परम्परागत मेलालाइ अझै बढी प्रचारप्रसार गर्ने उदेश्यका साथ पुस २९ गतेबाट माघ ५ गते सम्म जैमिनि महाेत्सव हुन लागेकाे छ।बागलुङ जैमिनि नगरपालिकाकाे केन्द्र कुस्मिसेरा बजारमामा जैमिनि महाेत्सवकाे तयारी तीब्र रुपमा अगाडी बढिरहेको छ। साहारा कलबकाे आयाेजनामा जैमिनि नगरपालिकाकाे मुख्य सहयाेगमा साहारा राहत काेष स्थापनाकाे लागि बागलुङ दाेक्षिण भेग कुस्मिसेरा बजारमा तेस्रो जैमिनि महाेत्सब सुरु हुन लागेको हो । मेला २०७० साल देखि संसार क्लबकाे अगुवाइ माघेसंक्राती तथा जैमिनी महोत्सव हुँदै आइरहेको… पुरा पढौ

काठमाडौंमा डेब्यू अभिनेता सन्तोष अधिकारीको ‘चित्रा’ फिल्मको प्रिमियर भएको छ। प्रिमियरमा नेपाली फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।

फिल्मको प्रिमियरमा गौरी मल्ल, भुवन केसी, नरेश पौड्याल, निर्मल शर्मा, प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे कलाकार नरेन खड्का, रोहित रुम्बा, निर्मल शर्मा गैंडा लगायत उपस्थित थिए। प्रिमियरपछि प्रतिक्रिया दिएका अधिकांशले फिल्म राम्रो बनेको र कथा मनपरेको बताएका थिए। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले डेब्यू अभिनेता सन्तोषको काम डेब्यू अभिनेताको जस्तो नभइ काम गरिरहेका कलाकारको जस्तै भएको प्रतिक्रिया दिए। 'हेर्दाखेरी नव नायकको अभिनय भन्ने देखिदैन, सन्तोषको अभिनय पहिलादेखि… पुरा पढौ

लिच्छविकाल ढुङ्गे धारा भेटिएपनि पुरातात्त्विक विभागकाे ध्यान गएन ?

काठमाडौ / धार्मिक र सांस्कृतिक रूपले परिचित चन्द्रागिरि नगरपालिका ६ चन्दन भराटेश्वर मन्दिर प्राङ्गणकाे पार्बति कुण्ड गहिराे बनाउदा केही बर्ष अघि भेटिएकाे ढुङ्गे धारा लिच्छवि कालिन रहेकाे पुरातात्त्विक बिदकाे भनाई छ। पुरातात्त्विक र धार्मिक एतिहासिक महत्त्व बाेकेकाे चन्दन भराटेश्वर मन्दिर प्राङ्गण संरक्षणकाे लागि कामहरू सुरू गरेकाे चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सन्जय सिग्देलले बताए । यस ठाउँको संरक्षणको जिम्मेवारी पाएकाे पुरातत्त्व बिभाग र गुठि संस्थान लाई उत्खनन र संरक्षणको लागि पटक पटक वडा कार्यालय बाट पत्राचार गरि… पुरा पढौ

पढाइ संगसंगै ब्यवहारिक सीप प्रदर्शन गर्दै बिद्यार्थी

बागलुङ सधैं जस्तो पुस्तक मात्रै अध्ययन गर्ने बिद्यार्थीहरू केही बर्ष यता पुस्तक लाइ ब्यवहारिकतामा परिवर्तन गर्न थालेका छन् ।धाैलागिरि बहुमुखी क्यापस बिबिए छैंठाै सेमिस्टरमाअध्ययन गर्ने बिद्यार्थीहरू बागलुङ सदरमुकाममा भइरहेको साताै बागलुङ महाेत्सवमा खाजाकाे स्टल राखेर ब्यवसाय गरिरहेका छन् ।काम गर्न जानेको खण्डमा यहीँ काम गरेरबस्न सकिने बिश्वास समेत जगाउन उदेश्य राखेका छन् । पुस्तककाे पढाइ लाइ मात्र शिक्षा सम्झेर क्यापसमा उच्च शिक्षा अध्ययनरत बिद्यार्थीहरूलाइ पुस्तकका अलवा ब्यवहारिक ज्ञान दिने कार्यक्रम शुरूवात गरेपछि बागलुङका बिद्यार्थीले त्यसलाई निरन्तरता दिन थालेका छन् ।धाैलागिरि… पुरा पढौ

दुईवटा छिमेकी मुलुक जाेड्ने मुख्य सडक कालीगण्डकी काेरीडाेर महत्त्वपूर्ण नाका राष्ट्रियपति रामचन्द्र पाैडेल

राजेशचन्द्र राजभण्डारीबागलुङ ,पुस ११ बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा सातौं बागलुङ महोत्सवको राष्ट्रपति रामचन्द्र पाैडेलले भब्य समारोह बिच उद्घाटन गरे । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ देखि २१ गते सम्म संचालन हुने महाेत्सव पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको  महाेत्सवकाे राष्ट्रपति रामचन्द्र पाैडेलले उद्घाटन गर्दै नेपालकाे ७ वटा प्रदेश मध्य सबै ब्युटीफूल प्रदेश गण्डकी प्रदेश भएको यसले दुईवटा छिमेकी चीन र भारत… पुरा पढौ

बागलुङ महाेत्सवकाे तयारी पूरा राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा उद्घाटन हुने

बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा पुसको दोस्रो साता देखि सुरु हुने सातौं बागलुङ महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ देखि २१ गते सम्म संचालन हुने महाेत्सव पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले आयोजना गरिएको महाेत्सवकाे राष्ट्रपति रामचन्द्र पाैडेलले भब्य समारोह बिच गर्ने कार्यक्रम रहेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेलले बताए । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि… पुरा पढौ

महाेत्सव सफल पार्न बागलुङ समाज काठमाडौका टाेली बागलुङकाे यात्रा

बागलुङ महोत्सवमा आउने बाचा अनुसार बाग्लुङ समाज काठमाडौंमा कर्मथलाे बनाएर ब्यवसाय गर्दै काठमाडौं मै बसाेबास गर्दै आएका दाजुभाइ दिदीबहिनीहरू बागलुङ महाेत्सव सफल पार्न स्वर्ग भुमी बागलुङ तर्फ प्रस्थान गरेका छन् । बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा पुस ११ गतेदेखि हुने सातौं बागलुङ महोत्सव सफल बनाउन काठमाडौ देखि यात्रामा निस्केको किस्मत जंङ्ग राजभण्डारीले बताए । बागलुङ उद्योग बाणिज्य संघकाे आयोजनामा यहीँ पुस ११ गतेदेखि २२… पुरा पढौ