बैँक / वित्त

सिवाइसी साकोसको १४ औं समृद्धी दिवस मनाइयो

बागलुङमा केन्द्रिय कार्यलय रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि बागलुङले आफ्नो १४ औं समृद्धि दिवस मनाएको छ । २०६६ चैत २६ गत तत्कालिन सहकारी डिभिजन कार्यालयमा दर्ता भएको सहकारीले २०६७ आश्विन २२ घटनस्थापनाको दिनबाट कारोवार शुभारम्भ गरेको दिनलाई समृद्धि दिवसको रुपमा मनाउने गरेको छ ।कार्यक्रममा बोल्ने बक्ताहरुले सदस्य माझ उनीहरुको माग र चाहना अनुरुपका सेवा सुविधाहरु मार्फत सदस्यहरुको सन्तुष्टिमा ध्यान दिएर प्रविधिका माध्यमबाट गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गरेका थिए । चुनौतिपूर्ण अवस्थामा रहेको सहकारी क्षेत्रको वर्तमान अवस्थामा… पुरा पढौ

इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस

सहकारीका वचतकर्ताको डेढ अर्ब बढी रकम लिई फरार भएका इमेज सहकारीका अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ। मेयर नेपाली जेठ ५ गतेदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन भएका थिए । बागलुङ बजारमा मुख्य कार्यालय सहित गलकोट, बुर्तिवाङ तथा पोखरामा शाखा सञ्चालन गरी मेयर नेपालीले बचतकर्ताको रकम हिनामिना गरी फरार भएका हुन्। मेयर नेपाली फरार भएपछि उजुरी आह्वान गरिएको थियो। मेयर नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १ हजार ४८१ जनाले उजुरी दिएका छन्। बागलुङमा मात्रै सहकारीले ८… पुरा पढौ

इमेज सहकारीका बचत कर्ताद्वारा बागलुङमा विसाल जुलुस प्रदर्शन

बागलुङमा चरणबद्ध आन्दोलन थालेका इमेज बचत तथा ऋण सहकारी संस्थाका बचत कर्ताले बिहिबार बागलुङ बजारमा विसाल जुलुस प्रदर्शन गरेका छन् । इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित अन्य संचालकहरुलाई तत्काल पक्राउ गरि कारवाहीको माग गदै बचतकर्ताहरुले बागलुङमा प्रदर्शन गरेका हुन् । बचत कर्ताले बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई ज्ञापन पत्र वुझाएका छन् । नेपालीलाई पक्राउ गरि तत्काल बचतकर्ताको बतच फिर्ता गर्ने वातावरण मिलाउन इमेज बचत पीडित संघर्ष समितिले… पुरा पढौ

माइतीघरमा सहकारी पीडितहरू धर्ना बसेको एक महिना पुग्यो, सरकार मौन

सहकारी संस्थाबाट आफ्नो बचत गरेको रकम फिर्ता नपाएपछि काठमाडौ माइतीघर मण्डलामा आन्दोलन गरिरहेका सहकारी पीडितहरू धर्ना बसेको एक महिना पुगेको छ । रकम प्राप्त हुने कुनै आधार फेला फेला नपरे पनि आन्दोलनकारीलाई राजनीतिक दलका नेता तथा सांसदहरूको समर्थन बढेर गएको छ ।धर्नामा सरकारले कुनै सुनुवाइ नगरेको आवाज उठेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर तोसिमा कार्कीले आन्दोलनमा ऐक्यबद्धता जनाएकी छन् । सहकारीका कारण पीडितहरूमध्ये कतिपय डिप्रेसनमा पुगेको, कतिपय आत्महत्या गर्ने अवस्थामा पुगेकाले छिटो समस्या समाधान गर्न आफूले रचनात्मक भूमिका खेल्ने… पुरा पढौ

इमेज सहकारीको छानविनमा खटिएको टोली बुर्तिवाङमा, कागजात अनुसन्धान गर्दै

बागलुङ । बचतकर्ताको करोडौ रकम हिनामिन भएको इमेज बचत तथा ऋण सहकारीको छानविनमा खटिएको प्रहरीसहितको टोली बुर्तिवाङ पुगेको छ । सहकारीका अध्यक्ष देवकुमार नेपाली फरार भएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा इलाका प्रशासन कार्यालयले शिल गरेको इमेज सहकारीको बुर्तिबाङको कार्यालयमा रहेका कागजात तथा कम्प्युटरमा रहेको फाइलको टोलीले अनुसन्धान थालेको हो ।सहकारी रजिष्ट्रारको कार्यालय पोखरा, इलाका प्रशासन कार्यालय बुर्तिवाङ, जिल्ला प्रहरी कार्यालय, बागलुङ र सहकारी पीडित सर्घष समितिको रोहवरमा शिल खोलेर अनुसन्धान थालिएको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराका शाखा अधिकृत चोलाकान्त… पुरा पढौ

इमेज सहकारीको कार्यलय खोलेर अनुसन्धान सुरु

बागलुङ । बचतकर्ताको करोडौ रकम हिनामिन भएको इमेज बचत तथा ऋण सहकारीको कागजात तथा कम्प्युटरमा रहेको फाइलहरुको अनुसन्धान थालिएको । जिल्ला प्रशासन कार्यालय बागलुङले जेठ १२ गते शिल गरेको सहकारीको कार्यालय शिल खोलेर अनुसन्धान थालिएको हो । बिहीबार सहकारी रजिष्ट्रारको कार्यलय पोखरा, जिल्ला प्रशासन कार्यलय बागलुङ, जिल्ला प्रहरी कार्यालय, बागलुङ नगरपालिकाको सहकारी शाखा, बागलुङ नगरपालिका वडा नम्वर २ र सहकारी पीडित सर्घष समितिको रोहवरमा शिल खोलेर अनुसन्धान थालिएको हो ।सहकारी रजिष्ट्रारको कार्यालय पोखराका शाखा अधिकृत चोलाकान्त वाग्ले, जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

सिवाइसीले संचालन गरेको जागौं, जगाऔं र जोगाऔं अभियान पर्वतको मिलनचोकमा

चारतारे युवा क्लब सिवाईसी नेपाल र सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको साझेदारीमा संचालन भएको जागौं, जगाऔं र जोगाऔं अभियान अन्र्तगत पर्वतको जलजला गाँउपालिका ७ मिलनचोकमा सम्पन्न भएको छ । सिवाइसी साकोस जलजला सदस्य सेवाकेन्द्र अन्र्तगतका सदस्यलाई सहकारीका बारेमा वित्तीय साक्षरता साथै संस्थाको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहजिकरण गर्दै चारतारे युवा क्लव सिवाईसी नेपाल तथा सिवाइसी साकोस केन्द्रीय संचालक समितिका अध्यक्ष चण्डिप्रसाद शर्मा पौलेलले सहकारीमा बुझेर वित्तिय कारोवार गर्न आग्रह गर्नु भयो । असल… पुरा पढौ

सिवाइसीले संचालन गरेको जागौं, जगाऔं र जोगाऔं अभियान प्रभावकारी वन्दै

चारतारे युवा क्लब सिवाईसी नेपालले सिवाइसी बचत तथा ऋण सहकारीको साझेदारीमा संचालन गरेको जागौं, जगाऔं र जोगाऔं अभियान प्रभावकारी वन्दै अभियान प्रभावकारी वन्दै गएको छ ।बागलुङ बजारमा मुख्य कार्यालय र बागलुङ पर्वत र म्याग्दीमा २५ सेवा केन्द्रबाट २५ हजार भन्दा वढि सेयर सदस्य रहेको सहकारीले यस वर्ष २० हजार सदस्यलाई सहकारीका बारेमा बित्तिय साक्षरता साथै संस्थाको बारेमा जानकारी गराउने उदेश्य अनुसार संचालन भएको अभियान प्रभावकारी बन्दै गएको हो । अभियान अन्र्तगत मंगलबार पर्वतका कुश्मा र मोदी गाँउपालिकाको केन्द्र पातिचौरमा जागौं,… पुरा पढौ

बागलुङमा सहकारीका संचालकहरुको क्षमता अभिबृद्धि तालिम

बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजना र बागलुङ नगरपालिकाको सहयोगमा सहकारीका संचालकहरुको क्षमता अभिबृद्धि तालिम सुरु भएको ।तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सहकारी संस्थाहरु आफ्नो उदेश्य र प्रकृतिअनुसार संचालन गर्नुपर्ने भन्दै सहकारीको मर्म अनुसार संचालन गरेमा लक्ष्य प्राप्त हुनुका साथै सहकारीको स्थायीत्व प्रप्त गर्ने बताउनु भयो । कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, बागलुङ नगरपालिकाको सहकारी विभाग प्रमुख प्रेम प्रसाद शर्मा, जिल्ला सहकारी संघ लिमिटेड बागलुङका सचिव तेज प्रसाद शर्मा लगाएतले शुभकामना… पुरा पढौ

बागलुङमा सिवाईसी नेपालले थाल्यो जागौ, जगाऔ र जोगाऔ अभियान

चारतारे युवा क्लब सिवाईसी नेपालले जागौ, जगाऔ र जोगाऔ अभियान बागलुङको बलेवामा सम्पन्न भएको छ । यस अभियान अन्तर्गत सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सिवाइसी बचत तथा ऋण सहकारीको साझेदारीमा सम्पन्न कार्यक्रममा सिवाइसी बचत तथा ऋण सहकारी बलेवा सदस्य सेवा केन्द्रका संचालक तथा शेयर सदस्य, महिला स्वास्थ्य स्वंयम सेविका लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा सिवाईसी नेपाल तथा सिवाइसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सहकारी शिक्षा तथा वित्तीय साक्षरताको बारेमा प्रशिक्षण दिनु भएको थियो ।… पुरा पढौ