बैँक / वित्त

इमेज सहकारीको कार्यलय खोलेर अनुसन्धान सुरु

बागलुङ । बचतकर्ताको करोडौ रकम हिनामिन भएको इमेज बचत तथा ऋण सहकारीको कागजात तथा कम्प्युटरमा रहेको फाइलहरुको अनुसन्धान थालिएको । जिल्ला प्रशासन कार्यालय बागलुङले जेठ १२ गते शिल गरेको सहकारीको कार्यालय शिल खोलेर अनुसन्धान थालिएको हो । बिहीबार सहकारी रजिष्ट्रारको कार्यलय पोखरा, जिल्ला प्रशासन कार्यलय बागलुङ, जिल्ला प्रहरी कार्यालय, बागलुङ नगरपालिकाको सहकारी शाखा, बागलुङ नगरपालिका वडा नम्वर २ र सहकारी पीडित सर्घष समितिको रोहवरमा शिल खोलेर अनुसन्धान थालिएको हो ।सहकारी रजिष्ट्रारको कार्यालय पोखराका शाखा अधिकृत चोलाकान्त वाग्ले, जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

सिवाइसीले संचालन गरेको जागौं, जगाऔं र जोगाऔं अभियान पर्वतको मिलनचोकमा

चारतारे युवा क्लब सिवाईसी नेपाल र सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको साझेदारीमा संचालन भएको जागौं, जगाऔं र जोगाऔं अभियान अन्र्तगत पर्वतको जलजला गाँउपालिका ७ मिलनचोकमा सम्पन्न भएको छ । सिवाइसी साकोस जलजला सदस्य सेवाकेन्द्र अन्र्तगतका सदस्यलाई सहकारीका बारेमा वित्तीय साक्षरता साथै संस्थाको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहजिकरण गर्दै चारतारे युवा क्लव सिवाईसी नेपाल तथा सिवाइसी साकोस केन्द्रीय संचालक समितिका अध्यक्ष चण्डिप्रसाद शर्मा पौलेलले सहकारीमा बुझेर वित्तिय कारोवार गर्न आग्रह गर्नु भयो । असल… पुरा पढौ

सिवाइसीले संचालन गरेको जागौं, जगाऔं र जोगाऔं अभियान प्रभावकारी वन्दै

चारतारे युवा क्लब सिवाईसी नेपालले सिवाइसी बचत तथा ऋण सहकारीको साझेदारीमा संचालन गरेको जागौं, जगाऔं र जोगाऔं अभियान प्रभावकारी वन्दै अभियान प्रभावकारी वन्दै गएको छ ।बागलुङ बजारमा मुख्य कार्यालय र बागलुङ पर्वत र म्याग्दीमा २५ सेवा केन्द्रबाट २५ हजार भन्दा वढि सेयर सदस्य रहेको सहकारीले यस वर्ष २० हजार सदस्यलाई सहकारीका बारेमा बित्तिय साक्षरता साथै संस्थाको बारेमा जानकारी गराउने उदेश्य अनुसार संचालन भएको अभियान प्रभावकारी बन्दै गएको हो । अभियान अन्र्तगत मंगलबार पर्वतका कुश्मा र मोदी गाँउपालिकाको केन्द्र पातिचौरमा जागौं,… पुरा पढौ

बागलुङमा सहकारीका संचालकहरुको क्षमता अभिबृद्धि तालिम

बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजना र बागलुङ नगरपालिकाको सहयोगमा सहकारीका संचालकहरुको क्षमता अभिबृद्धि तालिम सुरु भएको ।तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सहकारी संस्थाहरु आफ्नो उदेश्य र प्रकृतिअनुसार संचालन गर्नुपर्ने भन्दै सहकारीको मर्म अनुसार संचालन गरेमा लक्ष्य प्राप्त हुनुका साथै सहकारीको स्थायीत्व प्रप्त गर्ने बताउनु भयो । कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, बागलुङ नगरपालिकाको सहकारी विभाग प्रमुख प्रेम प्रसाद शर्मा, जिल्ला सहकारी संघ लिमिटेड बागलुङका सचिव तेज प्रसाद शर्मा लगाएतले शुभकामना… पुरा पढौ

बागलुङमा सिवाईसी नेपालले थाल्यो जागौ, जगाऔ र जोगाऔ अभियान

चारतारे युवा क्लब सिवाईसी नेपालले जागौ, जगाऔ र जोगाऔ अभियान बागलुङको बलेवामा सम्पन्न भएको छ । यस अभियान अन्तर्गत सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सिवाइसी बचत तथा ऋण सहकारीको साझेदारीमा सम्पन्न कार्यक्रममा सिवाइसी बचत तथा ऋण सहकारी बलेवा सदस्य सेवा केन्द्रका संचालक तथा शेयर सदस्य, महिला स्वास्थ्य स्वंयम सेविका लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा सिवाईसी नेपाल तथा सिवाइसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सहकारी शिक्षा तथा वित्तीय साक्षरताको बारेमा प्रशिक्षण दिनु भएको थियो ।… पुरा पढौ

इमेज सहकारीका अध्यक्ष नेपालीको सम्पत्ति रोक्का प्रक्रिया सुरु

इमेज बचत तथा ऋण सहकारीका सस्थाका अध्यक्ष देवकुमार नेपालीको चल(अचल सम्पत्ति तथा बैङ्क खाता रोक्का प्रक्रिया सुरु भएको छ । सहकारीको अरबौं रुपैयाँ हिनामिना पारेर फरार रहेका ढोरपाटन नगरपालिका नगर प्रमुख समेत रहेका नेपालीको बुर्तिबाङ, बागलुङ, पोखरा तथा काठमाण्डौमा रहेको चल(अचल सम्पत्ति, सेयर तथा बैङ्क खाता रोक्काको प्रकृया सुरु भएको हो । अध्यक्ष नेपालीका नाममा रहेको घर जग्गा, सेयर तथा बैंक खाता रोक्का गर्न भूमि व्यवस्था विभाग, नेपाल राष्ट्र बैंक तथा धितो पत्र वोर्डमा पत्राचार गरिएको गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार… पुरा पढौ

सिवाईसी साकोसका कर्मचारीहरुको लागि दुई दिने क्षमता विकास तालिम सुरु

सिवाईसी बचत तथा ऋण सहकारी संस्था बागलुङका कर्मचारीहरुको लागि दुई दिने क्षमता विकास तालिम सुरु भएको छ। सहकारीले कर्मचारीहरुमा व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्नुका साथै सहकारीमा सुशासन कायम गर्नु क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको हो । तालिम उद्घाटनको अवसरमा बोल्दै सस्थाका अध्यक्ष चण्डि प्रसाद शर्मा पौडेलले दक्ष कर्मचारी विना वित्तिय सस्था सुदृढ हुन नसक्ने भएकोले कर्मचारीमा दक्षता अनिवार्य रहेको बताउनु भयो । सहहकारीलाई वित्तीय रुपमा सक्षम र सुशासनका हिसावले प्रभावकारी रुपमा सञ्चालनका लागि सहकारी सचेतना आवश्यक रहेको बताउनु भयो। कार्यक्रममा सहकारीका… पुरा पढौ

व्यक्तिगत सम्पत्ती बेचेर भएपनि बचतकर्ताको पैसा फिर्ता गर्छु : देव कुमार नेपाली

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष देवकुमार नेपालीलले आफ्नो सम्पत्ति बेचेर भएपनि बचत कर्ताको पैसा फिर्ता गर्ने बताएका छन् । सहकारीमा तरलता अभावको कारण देखाउँदै कारोवार रोक्का गरेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बागलुङ स्थित कार्यालय बचतकर्ताले घेराउ गरेपछि संस्थापक अध्यक्ष नेपालीले एक प्रतिवद्धता पत्र प्रकाशित गर्दै बचतकर्ताहरुलाई ढुक्क रहन आग्रह गरेका हुन् । सहकारीका कार्यबहाक अध्यक्षको नाममा हस्ताक्षरित सूचनामा बैसाख ६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार देशमा विधमान आर्थिक अवस्थाको कारण तरलता… पुरा पढौ

इमेज सहकारी अनिश्चितकालका लागि बन्द

बागलुङ बागलुङ बजारमा संचालित इमेज बचत तथा ऋण सहकारीले तरलता अभाव भएको भन्दै कारोबार बन्द गरेपछि बचतकर्ताको भिड लागेको छ । बागलुङ नगरपालिका वडा नं २ हल्लन चोकमा रहेको सहकारीले एकाएक कारोबार बन्द गरेको सूचना निकालेपछि बचत डुब्ने डरले बिहिबार बचतकर्ताहरूको सहकारीको कार्यालयमा भिड लागेको हो । सहकारीका कार्यबहाक अध्यक्षको नाममा हस्ताक्षरित सूचनामा बैसाख ६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार देशमा विधमान आर्थिक अवस्थाको कारण तरलता अभाव भएको भन्दै अर्को सूचना नआएसम्मको लागि कारोवार बन्द गरिएको सहकारीले सूचना… पुरा पढौ

नेपाल बैंक लिमिटेड बागलुङद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बैंक लिमिटेडद्वारा बागलुङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल बैंक बागलुङ शाखाको आयोजनामा जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर-६ बिहुको भिमसेन माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।युवामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यका साथ विश्वभर मार्च २० देखि २६ सम्म मनाउन लागिएको ‘ग्लोबल मनि विक’ नेपालमा पनि राष्ट्र बैंकको संयोजनमा देशभर विभिन्न कार्यक्रमका साथ मनाइरहेको नेपाल बैंक बागलुङ शाखाका प्रबन्धक अमृत सेवाले बताउनुभयो । विद्यालय तथा क्याम्पसमा अध्ययनरत युवा विद्यार्थीलाई वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले… पुरा पढौ